९ भाद्र २०८३, मंगलवार
,
Latest
महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर नेपालमा सार्वजनिक भयो अप्रिलियाको नयाँ एसआर १७५ स्कुटर, मूल्य ४ लाख ५६ हजार ५०० चिनी मिल अध्ययन कार्यदलबाट स्थलगत अध्ययन मलेसियामाथि नेपालको जित उच्च अदालत सुर्खेत जुम्ला इजलासद्वारा ९५ प्रतिशत मुद्दा फछ्यौट लुम्बिनी प्रदेशमा तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी ६० वर्षमाथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने विदेशी लगानी भित्र्याउन पुँजी बजार सुदृढीकरण र नीतिगत सुधार अपरिहार्य : मुक्ति अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

मलयालम अभिनेता अखिल विश्वनाथको ३० वर्षको उमेरमा निधन



अ+ अ-

एजेन्सी । अवार्ड जितेको मलयालम फिल्म ‘चोल’ का अभिनेता अखिल विश्वनाथ को ३० वर्षको उमेरमा निधन भएको छ।

अखिल शनिबार आफ्नै घरमा मृत अवस्थामा फेला परेका थिए। यद्यपि, उनको निधनको कारण अहिलेसम्म खुल्न सकेको छैन। अधिकारीहरू अखिलको मृत्युका परिस्थितिबारे अनुसन्धान गरिरहेका छन्।

शनिबार बिहान अखिलकी आमा गीता काममा जान तयारी गर्दै थिइन्, त्यही बेला उनले अखिललाई अचेत अवस्थामा लडिरहेको देखेकी थिइन्।

जानकारीअनुसार अखिल कोडालीमा रहेको एउटा मोबाइल पसलमा मेकानिकको रूपमा काम गर्थे। तर, खबरअनुसार उनी केही समयदेखि काममा पनि गएका थिएनन्।

अखिल सन् २०१९ मा केरल राज्य पुरस्कार जितेको फिल्म ‘चोल’ मा निभाएको भूमिकाका कारण परिचित थिए ।

फिल्म ‘अपरेशन जावा’ पनि उनका चर्चित कामहरूमध्ये एक हो। उनले आफ्ना भाइ अरुणसँग फिल्म ‘मांगड़ी’ मा अभिनय गरेबापत केरल राज्य सरकारबाट बेस्ट चाइल्ड एक्टरको अवार्ड पनि पाएका थिए।

अखिलको निधनको खबर सबैभन्दा पहिले फिल्म वर्कर मनोज कुमारले सेयर गरेका थिए। उनले लेखेका थिए—
“अखिल, तिमीले यस्तो किन गर्‍यौ ?”

त्यसैगरी, ‘चोल’ फिल्मका निर्देशक सनल कुमार ससिधरनले फेसबुकमा शोक सन्देश लेख्दै भनेका छन्—
‘अखिलले आत्महत्या गरेको खबर अत्यन्तै हृदयविदारक छ। उनी चरम गरिबीबाट उठेर सिनेमा क्षेत्रमा आएका थिए। मलयालम सिनेमामा अभिनेता बन्नका लागि ‘चोल’ फिल्म नै पर्याप्त थियो। यो निकै दुःखद कथा हो। उनी अत्यन्तै गरिब अवस्थाबाट सिनेमा जगतमा आएका थिए।’