१ आश्विन २०८३, बिहीबार
,
Latest
भोटे कोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता विश्वकर्मा पूजा, वास्तु दिवस मनाइँदै विश्वकर्मा पूजा, वास्तु दिवस मनाइँदै प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची बेनी–जोमसोम सडक : पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नति तीब्र बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँः मुख्यमन्त्री शाही आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर कृष्णभीरको सडक खुल्यो, बिहान ६ बजेदेखि दुईतर्फी सवारी चल्ने राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची



अ+ अ-

काठमाडौँ। सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।

अपराह्न १ः०० बजे सिंहदरबारमा बस्ने बैठकमा सामुद्रिक जैविक विविधताको संरक्षण र दिगोपनसम्बन्धी सम्झौतामाथि छलफल गर्ने सम्भावित कार्यसूची छ ।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘संयुक्त राष्ट्र सङ्घीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रका सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोगसम्बन्धी सम्झौतामाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

यस्तै, आजै विभिन्न तीन वटा संसदीय समितिको बैठक बस्दैछ । सङ्घीय संसद् सचिवालयका अनुसार, अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समिति, राज्य व्यवस्था तथा सुशासन समिति, विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दैछ ।  रासस