१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल

निर्दलीय सरकारमा बसेर कुलमानले दल खोलेर कुकृत्य गरिरहेका छन्, तत्काल बर्खास्त गरियोस : साह

निर्दलीय सरकारमा बसेर कुलमानले दल खोलेर कुकृत्य गरिरहेका छन्, तत्काल बर्खास्त गरियोस : साह
अ अ+ अ-

सिराहा। आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले वर्तमान सरकारको नेतृत्व नै लुते भएको कारण नै चौतर्फी आक्रमणको शिकार भएको टिप्पणी गरेका छन् ।

जेन–जी जनविद्रोहको जगमा बनेको सरकारले आफ्नो मूल दायित्व नै बिर्सिएको कारण अहिले परिवर्तन नचाहने तत्वहरुको प्रहार सहनुपरेको साहको दाबी छ । सरकार बनेको एक सय दिन बित्न नपाउँदै विकल्प खोज्ने कुरा उठ्नु वर्तमान सरकारको असफलतासँग जोडिएको साहको भनाई छ ।

उनले भने,‘यो सरकार ठीक दिशामा हिँडेको भए र आफ्नो मूल दायित्व पूरा गर्नतर्फ गम्भीर बनेको भए आज एक सय दिन नपुग्दै विकल्प खोज्ने कुरा उठ्थ्यो त ? यो गम्भीर प्रश्नको विषय हो ।’

आज (आइतबार) सिराहको धनगढिमाई बजारमा आयोजित सिराहा क्षेत्र नं. २ को क्षेत्रीय भेलालाई सम्बोधन गर्दै अध्यक्ष साहले सरकारमा बसेकाहरुले तोकिएको मितिमा चुनाव गराउने दायित्व भुल्न थालेको र रंगबिरंगी खेलोफड्कोमा अल्झिएको आरोप लगाए ।

उनले निर्दलीय सरकारमा बसेर कुलमान घिसिङ्ले आफ्नो स्वार्थको रोटी सेकिरहेको र सत्ताको दुरूपयोग गरेर आफ्नो पार्टीको प्रचारमात्रै गरेको भन्दै मन्त्रीको जिम्मेवारीबाट घिसिङ्लाई तत्काल बर्खास्त गर्नपनि प्रधानमन्त्रीसमक्ष माग गरे ।

उनले भने,‘कुलमानकै महत्वकांक्षाको कारण यो सरकारलाई जेनजी आन्दोलनमा दमन गरेका हत्याहरुले पनि हेप्न थाले, अहिले त खुलेआम चुनाव हुन दिन्नौं भनेर धम्की दिन थालेका छन्, यो अवस्था कसरी सिर्जना भयो ? प्रधानमन्त्रीले गम्भीर कदम चाल्नुपर्छ ।

निर्दलीय सरकारमा बसेर दल खोल्ने र रातारात हिरो हुन्छु भनेर लोभ पालेर बसेका कुलमानहरुको कारण सरकार बदनाम भइरहेको छ, यसतर्फ प्रधानमन्त्रीले कदम चाल्नुपर्छ । दल खोल्ने र राजनीतिको रोटी सेक्ने ईच्छा देखाएका कुलमानलाई बिदा गर्नुपर्छ ।

देशको विकास निर्माणसँग प्रत्यक्ष जोडिएका तीन तीन वटा महत्वपूर्ण मन्त्रालयको चाबी कसको दबावमा सुम्पिनुभयो ? उहाँ जेनजीको भावनाअनुसार चल्नुभएको छ त ? कि कसैको इशारामा नाच्दै हुनुहुन्छ ?’ मन्त्री घिसिङले कतिपय आयोजनाको निरीक्षण गर्ने क्रममा धम्कीको भाषा बोल्ने गरेको र समयमा आयोजना नसके यो धर्तीमा नै रहन नदिने भनेर बोलेकोमा पनि साहले आपत्ति जनाए ।

उनले वर्तमान सरकारले एक सय दिन पुगेको अवसरमा कामको फेहरिस्त सुनाउन थालेकोमा पनि आपत्ति जनाए । उनले सय दिनमा सयथरि कुरा गरेर समय व्यतित नगर्न पनि प्रधानमन्त्री कार्कीलाई चेतावनी दिए । साहले चुनाव गराउने दायित्व पूरा नगर्ने हो भने बेलैमा मार्गप्रशस्त गर्न पनि प्रधानमन्त्रीलाई आग्रह गरे ।

उनले भने,‘तपाई दिन बिताउने मेसोमा मात्रै लागेको हो भने यो हामीलाई मान्य छैन, न त अहिलेसम्म जेनजी आन्दोलनका शहादत दिएकाहरुलाई न्याय दिन सक्नुभयो, उनीहरुको हत्याहरु अहिलेपनि देश र दुनियाँ अनि जनता धम्क्याउँदै हिँडेका छन्, तर तपाईंहरु कानमा तेल हालेर र हात बाँधेर बस्नुभएको छ, यसरी जेनजी आन्दोलनका शहिदहरुलाई न्याय हुन्छ ? अर्को, चुनाव गराउने दायित्वपनि पूरा गरेको देखिँदैन, अहिलेसम्म लुटिएका हतियार फिर्ता ल्याउन सक्नुभएको छैन, गम्भीर अपराधका कैदीबन्दीहरु फरारकै अवस्थामा छन्, फिर्ता ल्याउन सक्नुभएको छैन, नसक्ने हो भने देशको समय बर्वाद नगर्नुहोस र संकटको घडीमा सक्षम व्यक्ति ल्याएर भएपनि चुनाव गराउँछौं ।’ उनले सुशीला कार्कीहरुले जेनजी आन्दोलनको मर्म र भावनामाथि बारम्बार प्रहार गरेको भन्दै आलोचना गरे ।

जेनजीहरुले ओली–आरजुलाई सरकारबाट हटाएर सुशीला–कुलमानलाई विराजमान गर्नको लागि मात्रै आन्दोलन नगरेको साहको भनाई छ ।

भदौ २३ गते जेन–जी युवाहरुको टाउको र छातीमा ताकि ताकि गोली हानेर हत्या गरेकाहरुले आज उल्टै सरकारलाई धम्काउने काम गरेको भन्दै साहले सरकारमा भएकाहरुको कार्यक्षमतामाथि प्रश्न उठाए ।

गृहमन्त्री ओमप्रकाश अर्यालले सुरुदेखि नै आफ्नो जिम्मेवारी सही तवरले बहन गर्न नसकेको उनको आरोप छ । त्यही भएर अहिले गृहमन्त्री ‘दुलोभित्र लुकेर बसेको मुसा’ को हालतमा रहेको उनको टिप्पणी छ । उनले भने,‘दिनदाहाडै युवाहरुको हत्या गरिएको छ, तर यो सरकारले अहिलेसम्म दोषीहरुलाई कारबाही गर्न सकेको छैन, हत्याहरुलाई बयान लिन सकेको छैन ।

ती हत्याहरुको धम्कीसँग डराएर बसेको छ, अनि कसरी ती जेनजी शहिदहरुको सम्मान हुन्छ ? उनीहरुको परिवारको लागि न्याय दिलाउनुहुन्छ ?’

तत्कालिन प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई बयान लिए देश ठप्प पार्ने भने दिएको चेतावनीप्रति पनि साहले गम्भीर असन्तोष व्यक्त गरे । उनले भने,‘यो देश एमालेको निजी हो र ? लोकतान्त्रिक भन्ने दलको नेताले यसरी दिनदाहाडै राज्य–संयन्त्र र जनतालाई धम्की दिने ? उहाँहरुले यो देशलाई कता लैजान खोज्दै हुनुहुन्छ ? खबरदार, नेपाली जनतालाई धम्की दिने कोशिस नगर, अब जनता जागेको अवस्था छ । तिमीहरुको धाक, धम्कीसँग जनता डराउनेवाला छैनन् ।’

जाँचबुझ आयोगका पदाधिकारीले तीन महिनाको समय त्यत्तिकै व्यतित गरेको र फेरि एक महिनाको समय थपिएकोमा पनि साहले असन्तुष्टि पोखे । शक्तिशाली आयोगले आन्दोलनमा दमन गर्नेहरुलाई अहिलेसम्म बयानमा बोलाएर कारबाहीको लागि सिफारिश गर्नुपर्नेमा डराएर बसेको र म्याद गुजारेको साहको आक्रोश छ ।