२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar पृथ्वी राजमार्ग खुलाउने काम तीव्र News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित News Polar पानामामा शक्तिशाली भूकम्पको धक्काः जनजीवन प्रभावित, उद्धार कार्य तिब्र News Polar बबरमहलको आकाशे पुल अन्तिम चरणमाः असोज २८ गतेबाट सञ्चालनमा आउने News Polar मतदाता नामावली अद्यावधिकः काभ्रेमा दुई हजार ६०० मतदाता घटे News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता News Polar आज यस्तो छ विदेशी मुद्राकाे विनिमय दर News Polar आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता

त्रिविमा एआई निर्मित चिनियाँ चलचित्र

त्रिविमा एआई निर्मित चिनियाँ चलचित्र
अ अ+ अ-
कीर्तिपुर (काठमाडौँ), २८ मङ्सिरः त्रिभुवन विश्वविद्यालयमा ‘२०२५ प्रथम हिमालयन रिम क्षेत्रीय फिल्म प्रदर्शनी’ औपचारिक रूपमा सुरु भएको छ ।
आजदेखि विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागमा सुरु भएको चिनियाँ चलचित्रहरूको विशेष प्रदर्शनमा कलाकार तथा चलचित्रकर्मी अनिल यादव, बुद्धि तामाङ, पवित्रा शङ्की, केपी पाठक, विभागका प्रमुख प्राध्यापक कुन्दन आर्याललगायत विभिन्न व्यक्तित्वको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रममा सहभागी अतिथि, प्राध्यापक र विद्यार्थीबीच चलचित्र, एनिमेसन, संस्कृति र प्रविधिका विषयमा छलफल भएको थियो ।
‘सभ्यताबीच आपसी सिकाइ, प्रविधिगत नवप्रवर्तन’ मूल नारासहित आयोजना गरिएको उक्त प्रदर्शनीमा एनिमेटेड चलचित्र प्रदर्शन, हस्तकला कार्यशाला, सांस्कृतिक तथा सिर्जनात्मक प्रदर्शनी र संवादजस्ता विविध कार्यक्रम समावेश गरिएका छन् । परम्परागत चिनियाँ संस्कृतिलाई आधुनिक प्रविधिसँग संयोजन गरी प्रस्तुत गरिएका श्रव्य–दृश्य सामग्रीले नेपाली विद्यार्थीलाई विशेष रूपमा आकर्षित गरेको थियो ।
कार्यक्रमको सुरुआत एआई (कृत्रिम बुद्धिमत्ता) प्रविधिबाट निर्माण गरिएको प्रवर्द्धनात्मक छोटो चलचित्रबाट गरिएको थियो । त्यसपछि कृत्रिम बौद्धिकतामार्फत सिर्जित (एआईजिसी) प्रविधिको एनिमेटेड छोटो चलचित्र  ‘स्पिरिट अफ द माउन्टेन्स’ समेत प्रदर्शन गरिएको थियो ।

चिनियाँ अमूर्त सांस्कृतिक सम्पदा ‘छ्वानसिङ तुओ’ (पूर्ण–आकार रबिङ) प्रविधिबाट प्रेरित यस चलचित्रले परम्परागत संस्कृतिसँग कृत्रिम बुद्धिमत्ताको अद्वितीय संयोजन प्रस्तुत गर्दै दर्शकको प्रशंसा बटुलेको थियो । चलचित्र प्रदर्शनपछि निर्देशक पाङ जियाले भिडियो लिंकमार्फत प्रत्यक्ष रूपमा एआई दृश्य–निर्माण प्रक्रियासमेत प्रस्तुत गर्नुभएको थियो । साथै निर्माता जुन्यान हुआङले विद्यार्थीसँगको अन्तरक्रियात्मक प्रश्न–उत्तर सत्रमा सहभागिता जनाउँदै रोचक वातावरण सिर्जना गर्नुभएको थियो ।
कार्यक्रमको दिवा सत्रमा एनिमेटेड फिल्म ‘द लिजेन्ड अफ हेइ’ प्रदर्शन गरियो, जसले ठूलो सङ्ख्यामा विद्यार्थीको ध्यान तानेको थियो । यस चलचित्रले आफ्नो विशेष डायनामिक स्टोरीबोर्ड प्रि–भिजुअलाइजेसन प्रविधिमार्फत मानव र ‘दानव’–पहाड, पानी, काठ, ढुङ्गा र जनावरका प्रतीकात्मक पात्रबीचको सहअस्तित्वको हृदयस्पर्शी कथा प्रस्तुत गर्छ । प्रकृति र मानवको एकता तथा सबै जीवको सहअस्तित्व भन्ने पारिस्थितिक सन्देशले दर्शकलाई गहिरो रूपमा प्रभावित बनायो । त्यसपछि आयोजना गरिएको ‘ब्लाइन्ड बक्स इन्टरएक्सन’ सत्रमा विद्यार्थीले प्रश्नावली र विभिन्न गतिविधिमा उत्साहपूर्वक सहभागिता जनाउँदै सीमित संस्करणका चलचित्र सामग्री जित्न सक्रिय रूपमा भाग लिएका थिए ।

प्रदर्शनीको सहभागी त्रिवि शिक्षक र विद्यार्थीले स्वागत गरेका थिए । अधिकांशले चलचित्र प्रदर्शन र अनुभव आदान–प्रदानमार्फत चिनियाँ एनिमेसनको विशिष्ट सौन्दर्य र उच्चस्तरीय निर्माण प्रविधिलाई नजिकबाट बुझ्न पाएको प्रतिक्रिया दिएका छन् । साथै, डिजिटल सिर्जनाको क्षेत्रमा नेपाल–चीन द्विपक्षीय सहकार्यका सम्भावनाप्रति उनीहरू आशावादी देखिए ।

आयोजकका अनुसार, यस भ्रमणशील प्रदर्शनीले अत्याधुनिक कृत्रिम बौद्धिकता प्रविधि एआइजिसी निर्माण प्रक्रियालाई प्रत्यक्ष रूपमा विश्वविद्यालय क्याम्पसमा भित्र्याएको छ । यसले सांस्कृतिक जनचेतना विस्तारसँगै शैक्षिक तथा अनुसन्धानका अग्रपंक्तिका विषय समेट्दै नेपालमा सम्बन्धित विषयको अध्यापन र अनुसन्धानका लागि एउटा जीवन्त विषय प्रदान गरेको छ ।रासस