१८ भाद्र २०८३, बिहीबार
,
Latest
माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य तीव्र, सुरुङको मुखबाट १५ फिटसम्म डेब्रिज हटाइयो भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारको पुनरुत्थान प्याकेज, कर छुटदेखि सस्तो ऋणसम्म राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त सुरुङमा फसेकाको उद्धारमा सरकारले गम्भीरता नदेखाएको ज्ञानबहादुर शाहीको आरोप निष्क्रिय व्यवस्था जगाउन मात्रै विशेष सेवा विधेयक ल्याइएको हो : मन्त्री गौतम ‘नेपाल–भारतबीच दीर्घकालीन विद्युत व्यापार गर्ने सम्बन्धी सम्झौता’ प्रतिनिधि सभामा पेश सुशीला कार्की सरकारले लोकतान्त्रिक मूल्य–मान्यता भत्कायो, अहिलेको सरकारले सच्याउँदैछः रामकुमारी झाँक्री बाढीपछि नुवाकोट र रसुवामा वैकल्पिक सडक सञ्चालनमा त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङ खुलाउन उद्धार टोलीको निरन्तर प्रयास भूकम्पको तुलनामा बाढीको क्षति झनै विभत्सः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘मिसन–२०२६’ अन्तर्गत खेलाडीलाई प्रशिक्षण



अ+ अ-

काठमाडौँ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सञ्चालन गरिरहेको मिसन–२०२६ अन्तर्गत राष्ट्रिय टोली तयारीका क्रममा विशेष प्रशिक्षण गरिएको छ ।

खेलाडी तथा प्रशिक्षकका लागि आज यहाँ तीन विषयको कक्षा सञ्चालन गरिएको छ। सातदोबाटोस्थित अन्तरराष्ट्रिय खेलकुद परिसरमा रहेको ओडिटोरियम हलमा भएको कार्यक्रममा सहभागीलाई एन्टी डोपिङ, स्पोट्र्स इन्जुरी एन्ड प्रिभेन्सी र खेल पोषणसम्बन्धी जानकारी दिइएको थियो ।

डा ज्ञानेन्द्रविक्रम शाहले एन्टी डोपिङ, डा भद्र हमालले स्पोट्र्स इन्जुरी एन्ड प्रिभेन्सी र सृष्टि श्रेष्ठले खेल पोषणसम्बन्धी कक्षा सञ्चालन गर्नुभएको थियो ।
जापानको आइची–नागोयामा हुने आसन्न २०औँ एसियाली खेलकुदमा स्वर्णसहित दोहोरो अङ्कमा पदक जित्ने लक्ष्यसाथ राखेपले पारा तेक्वान्दोसहित विभिन्न ११ खेलको विशेष प्रशिक्षण सञ्चालन गरिरहेको छ ।

प्रशिक्षणमा १२० खेलाडी तथा २० प्रशिक्षक समावेश रहेका राष्ट्रिय टोली तयारीका लागि गठित समितिका उपनिर्देशक दीपक श्रेष्ठले जानकारी दिनुभयो । रासस




भर्खरै