२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बलीउड चलचित्र ‘यारा’को निर्माण युनिट नेपालमा



अ+ अ-

बलीउड चलचित्र ‘यारा’को निर्माण टोली ४ दिनको छायांकनका लागि नेपाल आएको छ । चलचित्रका मुख्य कलाकार श्रुती हसन, इरफान खान, विद्युत सहितको ६२ जनाको टोली नेपाल आएको हो । उनीहरु यतिबेला काठमाण्डौको र्याडिसन होटलमा बसिरहेका छन् । दिकपाल सुतलियाको निर्देशनमा बन्न लागेको यो चलचित्रमा महिपाल सिंह राठोरको लगानी छ । चलचित्रको छायांकन पाटन दरबार र नगरकोटमा हुनेछ । नेपालबाट पनि केही कलाकारले काम गर्ने बताइएको यस चलचित्रमा चलचित्र प्राविधिक संघका अध्यक्ष मनोज केसी, महासचिव अनन्त तिमिल्सिना लगातका टोली आवद्ध छन् ।

पछिल्लो समय बलीउडका चलचित्रहरुको शुटिङ नेपालमा गर्ने क्रम बढ्दो छ । सुटिङ गर्नेदेखि बिभिन्न कार्यक्रममा सहभागी हुन बलिउड चलचित्रकर्मी नेपाल आईरहेका छन् । केही महिना अगाडी मात्र भारतका चर्चित अभिनेता अक्षय कुमारले अभिनय गरेको चलचित्र बेबीको छायांकन नेपालमा भएको थियो भने नायक आमिर खान एक कार्यक्रममा सहभागि हुन नेपाल आएका थिए । त्यस्तै यसै महिनाको अन्त्यमा भारतका चर्चित कमेडियन कपिल शर्मा र मेलोडी गायक सोनु निगम नेपालको एक संगीतिक कार्यक्रममा सहभागि हुनेछन् ।




भर्खरै