१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवा बाढीको कारण हिमपहिरो, लेन्दे खोलामा चौध महिनाभित्र दुई पटक भीषण बाढी रसुवा–नुवाकोटमा मात्रै सञ्चालनमा रहेका ३५९ मेगावाट र निर्माणाधीन ३९५ मेगावाटका आयोजना प्रभावित भारत, चीन र विश्व बैंकले सोधे– ‘कस्तो सहयोग कहाँ पठाऊँ? रसुवा बाढीमा घाइते २५ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार रसुवा बाढीपछि ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन रसुवामा आएको बाढी भूकम्पपछि खसेको हिमपहिरोका कारण हुनसक्ने प्रारम्भिक अनुमान प्रहरी सुरक्षित भए मात्रै नागरिक सुरक्षितः प्रहरी महानिरीक्षक कार्की भोटेकोशी बाढीपछि प्रतिनिधिसभाको कार्यसूची हटाइयो, उद्धारमा जुट्न सभामुखको आग्रह रसुवाको बाढीः उद्धार गरी ल्याएका १३ जनाको काठमाडौँमा उपचार हुँदै राहत र उद्धारका लागि सरकारले राष्ट्रिय र अन्तरराष्ट्रियस्तरमा समन्वय गरिरहेको छ : परराष्ट्रमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवलशमशेर राणाले पार्टी परित्याग गर्दै नयाँ राजनीतिक दल गठन गर्ने घोषणा गरेका छन् । बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत उनले राप्रपा छोडेको औपचारिक घोषणा गर्दै नयाँ राजनीतिक यात्राको सुरुवात गरेको बताएका हुन् ।

राणाले राप्रपाको नेतृत्वले पार्टीको मूल एजेन्डा संरक्षण गर्न नसकेको र आन्तरिक लोकतन्त्रलाई कमजोर बनाएको आरोप लगाए। उनले बारम्बार सुधारको प्रयास गरे पनि नेतृत्वबाट अपेक्षित परिवर्तन नदेखिएको कारण बाध्य भएर नयाँ बाटो रोज्नुपरेको बताए ।

उनले प्रस्तावित नयाँ दलको वैचारिक आधार ‘राजासहितको प्रजातन्त्र’ हुने स्पष्ट पारे। उनका अनुसार नयाँ राजनीतिक शक्ति राष्ट्रवाद, राजसंस्थासहितको व्यवस्था र हिन्दू राष्ट्रको अवधारणामा केन्द्रित हुनेछ।

राणाले भने, “मैले पार्टी खोलेको होइन, यो घर छोडेर अर्को बलियो राष्ट्रवादी घर निर्माण गर्न गइरहेको छु, जसमा राजासहितको प्रजातन्त्र हुनेछ।”

उनले राप्रपाभित्र कार्यसम्पादन समिति र केन्द्रीय समितिले जेठ महिनाभित्र महाधिवेशन गर्ने निर्णय गरे पनि नेतृत्वले त्यसलाई कार्यान्वयनमा नलगेको दाबी गरे। महाधिवेशन नहुने दिशातर्फ पार्टी गएको देखेपछि आफूले पटक–पटक आवाज उठाए पनि सुनुवाइ नभएको उनको भनाइ छ।

पछिल्ला निर्वाचन परिणाम र संगठनात्मक कमजोरीका कारण आगामी निर्वाचनहरूमा पार्टीको प्रभाव थप कमजोर हुने जोखिम देखिएको भन्दै उनले नयाँ दल गठन आवश्यक भएको तर्क गरे।

प्रस्तावित नयाँ दलका मुख्य एजेन्डामा राजासहितको प्रजातन्त्र र हिन्दू राष्ट्रको अवधारणा, युवा तथा महिलाको नेतृत्व विकास, सुशासन र रोजगारी सिर्जना, तथा विभिन्न राजावादी र राष्ट्रवादी समूहहरूलाई एकीकृत गरी “बलियो राष्ट्रवादी शक्ति” निर्माण गर्ने लक्ष्य रहेको उनले बताए।