काठमाडौं: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी भित्र शिर काटेर टेवलमा राखे पार्टी राम्ररी चल्छ भन्ने मानसिकता रहेको बताउनु भएको छ । ओलीले अहिलेको परिस्थितीमा पार्टी भित्र मजबुद एकता आवश्यक रहेको बताउनुभयाे ।
पार्टीको संगठन विभागले आयोजना गरेको सदस्यता नविकरण विस्तार तथा उत्प्रेरणा कार्यक्रमलाई आज सम्बोधन गर्दै अध्यक्ष ओलीले कतिपय नेताहरुले शिर काटेर टेबलमा राखिदिने हो भने पार्टी सुध्रिन्छ भन्ने अभिव्यक्ति दिएको बताए । ‘शिर काटेर टेवलमा राखिदिने हो भने जीउले मात्र पार्टी एकता हुन्छ भन्ने मानसिकता पार्टी हितमा छैन’ अध्यक्ष ओलीले भन्नुभयाे ।
‘विरोधीहरुबाट हमला भइरहेको बेला पार्टीका केही साथीहरु र कतिपय मिडियाले समेत पार्टी कै विरोध गरे ’ उहाले भन्नुभयाे ‘पार्टीमा कोही एता फर्केर बोल्ने,कोही उत्ता फर्केर बोल्ने । पार्टी विरुद्ध भ्रम फिँजाउने । समिक्षा गर्नुपर्छ भन्ने तर समिक्षा नै नभइ कोही हस्ताक्षर गर्न कुद्ध्ने,कोही अनेक भ्रम फैलाउदै कुद्ध्ने । यस्तो प्रवृतिले पार्टी एकताबद्ध हुन सक्दैन ।’
अध्यक्ष ओलीले पार्टी भित्र अहिले व्यापक एकता चाहिएको बताउनुभयाे । एमाले ३६ वर्ष देखि जनताको बहुदलीय जनवादमा एकताबद्ध भएको बताउदै सबै नेता कार्यकर्ता त्यसकै आधारमा चल्नुपर्ने बताउनुभयाे ।
पार्टीको संगठन विभागले आयोजना गरेको कार्यक्रम आज र भोली चल्नेछ ।











