१९ आश्विन २०८३, सोमबार Monday, October 5, 2026
१९ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी बाढीपीडित बालबालिका आफन्त र नातेदारको संरक्षणमा News Polar भिरबाट खसेर एक जनाको मृत्यु News Polar दसैँअघि निकुञ्जमा जिप सफारी News Polar स्थानीय रोजगारीका अवसर खोज्दै युवामाझ पुगे मन्त्री यादव News Polar कर्णाली सरकारका मुख्य न्यायाधिवक्ता जोशीद्वारा शपथ ग्रहण News Polar मनकामना केबलकार मङ्गलबार बन्द रहने News Polar पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर News Polar तीन दिनसम्म वर्षाको सम्भावना, झरी नपर्ने News Polar चिनियाँ राजदूत चाङद्वारा नेपाल–चीन सीमा क्षेत्रको स्थलगत निरीक्षण News Polar सवारी दुर्घटनामा एकको मृत्यु, दश जना घाइते News Polar ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण तीव्र News Polar चोलेन्द्र प्रकरण: सशस्त्र प्रहरी महानिरीक्षक वंशी राज दाहाल निलम्बित News Polar कांग्रेसको विधान पारित, केन्द्रीय कार्यसमिति २९७ सदस्यीय News Polar व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल News Polar १,००० दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान गर्ने सरकारको लक्ष्य News Polar २७ जलविद्युत आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाटको बाटो खुल्यो News Polar दृश्यचित्रमा कमजोर महिला हिंसा माथि थप हिंसा News Polar काँग्रेसको विधान संशोधनः केन्द्रिय समिति २९७ सदस्यीय, समावेशी प्रतिनिधित्वसहित कार्यक्षेत्र विस्तार News Polar नेपाली काँग्रेसको विधान संशोधन प्रश्तावः केन्द्रिय कार्यसम्पादन समिति ४१ सदस्यीय हुने News Polar मन्त्रालयले खटाएको प्रमुख प्रशासकीय अधिकृत हाजिर नगराएपछि पालिकाको आर्थिक तथा प्रशासनिक अधिकार रद्द

पार्टी हालको अवस्था र कार्यशैलीबाट मात्र अगाडि बढ्न सक्दैन : विष्णु पौडेल

नेपालको कम्युनिस्ट आन्दोलन इतिहासकै कठिन मोडमा छ, धुलो टकटक्याएर फेरि उठ्छौँ

पार्टी हालको अवस्था र कार्यशैलीबाट मात्र अगाडि बढ्न सक्दैन : विष्णु पौडेल
अ अ+ अ-

काठमाडौँ: नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले गत वर्षको फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले सोचेअनुरूप परिणाम प्राप्त गर्न नसकेको स्वीकार गर्दै सांगठनिक पुनर्गठनको प्रक्रिया अघि बढाइने बताउनुभएको छ ।

निर्वाचनमा व्यहोरेको पराजयलाई ‘गम्भीर धक्का’ का रूपमा चित्रण गर्दै उहाँले यसलाई अस्थायी असफलतामा सिमित राखेर पार्टीलाई नयाँ ढंगले अगाडि बढाउने उद्घोष गर्नुभएको हो । पार्टीको पछिल्लो बैठकका निर्णयहरूबारे जानकारी दिँदै उपाध्यक्ष पौडेलले निर्वाचनमा प्राप्त परिणामका आन्तरिक र वाह्य कारणहरूको गम्भीर समीक्षा भइरहेको बताउनु भयो । उपाध्यक्ष पौडेलले पार्टी हालको अवस्था र कार्यशैलीबाट मात्र अगाडि बढ्न नसक्ने निष्कर्षमा पुगेको जानकारी दिनुभयो । सचिवालयको पछिल्लो बैठकले पार्टीको सांगठनिक जीवनलाई पुनर्गठित गर्ने निर्णय गरेको उल्लेख गर्दै उहाँले त्यसका लागि आवश्यक गृहकार्य शुरु भइसकेको बताउनु भयो ।

अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको सचिवालय बैठकले निर्वाचनको विस्तृत समीक्षा गर्न र पार्टी पुनर्गठनसम्बन्धी ठोस प्रश्ताव तयार पार्न एक कार्यदल समेत गठन गरेको छ । उक्त कार्यदलले तयार पार्ने प्रतिवेदन र प्रस्तावका आधारमा एमालेले आगामी रणनीति तय गर्ने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘अहिले प्रश्न खडा भएको छ । जनताबाट अनुमोदित भएका नेता–कार्यकर्ताको पार्टीको प्रश्न हामीले यसलाई थ्योराइज गरेका छौँ । तर अहिले हामी यो निर्वाचनमा गम्भीर धक्का खाएका छौँ । यो समस्यालाई हामी कसरी सम्बोधन गर्छौं त भन्ने प्रश्न पनि हाम्रा सामु उपस्थित भएको छ । प्रतिष्पर्धामा श्रेष्ठता आर्जन गर्ने नेता–कार्यकर्ताको पार्टी । यसरी यस्ता विषयहरूलाई हामीले पार्टी निर्माणका सन्दर्भमा संस्थागत गरेका छौँ । म कमरेडहरूसँग के राख्न चाहन्छु भने, अहिले हामीले जुन प्रकारको धक्का व्यहोरेका छौं । असफलता व्यहोरेका छौं, अघि पनि मैले भनेँ, यो असफलता र धक्कालाई हामी अस्थायी धक्काका रूपमा लिएर स्थायी सफलतामा परिणत गर्न चाहन्छौँ । हो, त्यसै भएर हामीले विगतमा निर्वाचनपछिको परिस्थिति जस्तो परिस्थिति हामीसँग उपलब्ध थियो, त्यो परिस्थितिलाई सदुपयोग गर्दै वास्तवमा पार्टीका केही गम्भीर बैठकहरू बसेका छौँ । यसबीचमा सचिवालयका बैठकहरू बसेका छन् । सचिवालयको पछिल्लो बैठकको अध्यक्षता स्वयम् अध्यक्ष कमरेडले गर्नुभएको छ । र त्यो सचिवालयको बैठकबाट केही महत्वपूर्ण निष्कर्षहरू तथा महत्वपूर्ण प्रश्तावनाहरूलाई हामीले अघि सारेका छौँ । अघि अध्यक्ष कमरेडले पछि राख्नु नै हुनेछ कि हामीले खासगरी यो निर्वाचनमा किन धक्का व्यहोर्नुप¥यो, यसका कारणहरूमा हामी जान चाहेका छौँ । पराजयका कारणहरूमा आन्तरिक कारण के रहे, वाह्य कारण के रहे, देशभित्रका र बाहिरका कारण के रहे, पार्टीभित्रका कारण के रहे—यी सबै कुराको हामी समग्र रूपमा समीक्षा गर्नेछौँ । यसबाट हामी यथोचित ढंगले शिक्षा लिनेछौँ । हाम्रो पार्टी अहिले जस्तो छ, हामी जसरी काम गर्दैछौं, यही रूपमा र यस्तै ढंगले अगाडि बढ्न सक्दैन भन्ने निष्कर्षका साथ हामीले पार्टीको संगठनात्मक जीवनलाई पनि पुनर्गठन गर्नेछौं भन्ने निष्कर्ष सचिवालयको बैठकबाट निकालेका छौँ । त्यो सचिवालयको बैठकले निर्वाचनको समीक्षा गर्ने, समीक्षा प्रश्ताव तयार गर्ने तथा पार्टीको पुनर्गठन सम्बन्धी प्रश्ताव तयार गर्ने प्रयोजनका लागि एउटा कार्यदल निर्माण गरेको छ भन्ने मलाई लाग्छ ।’

उपाध्यक्ष पौडेलले निर्वाचनको धक्कालाई शक्तिमा बदल्न र पार्टीलाई जनताको विश्वासिलो शक्तिका रूपमा पुनस्र्थापित गर्न सांगठनिक सुदृढीकरण अपरिहार्य रहेकोमा जोड दिनुभयो ।

नेपालको कम्युनिस्ट आन्दोलन इतिहासकै कठिन मोडमा छ, धुलो टकटक्याएर फेरि उठ्छौँ

पौडेलले नेपालको कम्युनिस्ट आन्दोलनले इतिहासकै सबैभन्दा गम्भीर धक्का र पराजय व्यहोरेको स्वीकार गर्नुभएको छ ।  पछिल्लो राजनीतिक घटनाक्रम र निर्वाचनको परिणामलाई केन्द्रित गर्दै उहाँले आन्दोलनले ठूलो क्षति भोगेको बताउनुभएको हो । उपाध्यक्ष पौडेलले वि.सं. २००६ सालदेखि हालसम्मको इतिहासलाई मूल्याङ्कन गर्दा अहिलेको अवस्था सबैभन्दा चुनौतीपूर्ण रहेको उल्लेख गर्नुभयो । उहाँले भदौ २३ र २४ गतेका घटनाक्रमदेखि फागुन २१ को निर्वाचनसम्म आइपुग्दा पार्टीले ठूलो धक्का बेहोर्नुपरेको टिप्पणी गर्नुभयो । उपाध्यक्ष पौडेलले वर्तमान परिस्थितिलाई एउटा शिक्षाको रूपमा लिँदै पार्टी पुनः सङ्गठित भएर अगाडि बढ्ने दृढता व्यक्त गर्नुभयो । आगामी कार्यदिशाबारे प्रष्ट पार्दै उहाँले अबको बाटो जनता, कार्यकर्ता र राष्ट्रिय हिततर्फ केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘स्वाभाविक रूपमा यतिबेला नेपालको कम्युनिष्ट आन्दोलनले एउटा गम्भीर धक्काको सामना गरेको छ । खासगरी भदौ २३–२४ हुँदै फागुन २१ को निर्वाचनसम्म आइपुग्दा हामीले धेरै ठूलो धक्का र क्षति व्यहोरेका छौँ । हाम्रो आन्दोलनले निकै ठूलो क्षति व्यहोरेको छ । कतिपय मानिसहरूलाई लागेको छ कि अब यो आन्दोलन उठ्न सक्दैन, नेपालको कम्युनिष्ट आन्दोलन सदा–सदाका निम्ति समाप्त भएर जान्छ । कतिपयले यस्तो अनुमान गरेका छन् भने कतिपयले त्यस प्रकारको कामना पनि गरेका छन् । म यहाँहरूसँग विनम्रतापूर्वक अनुरोध गर्न चाहन्छु—हो, हाम्रो आन्दोलनले धेरै ठूलो धक्का व्यहोरेको छ । नेपालको कम्युनिष्ट आन्दोलनको इतिहासलाई २००६ सालदेखि आजसम्म समग्र रूपमा मूल्याङ्कन गर्ने हो भने, यो धक्का इतिहासकै सबैभन्दा ठूलो धक्का हो । यो पराजय इतिहासकै सबैभन्दा ठूलो पराजय हो । तर म कमरेडहरूसँग आग्रह गर्न चाहन्छु कि हामी यो धक्कालाई चिर्नेछौँ, यो असफलताबाट शिक्षा लिनेछौँ र फेरि उठ्नेछौँ । हामी धुलो टकटकाउनेछौँ र अगाडि बढ्नेछौँ । हामी जनतातिर फर्किएर, कार्यकर्तातिर फर्किएर र देशको समग्र राष्ट्रिय हिततर्फ उन्मुख हुँदै नयाँ ऊर्जा र दृढताका साथ अघि बढ्नेछौँ ।’

जनताको विश्वास जितेर र आन्तरिक कमजोरीहरू सुधार्दै कम्युनिस्ट आन्दोलनलाई पुनः उचाईमा पु¥याउने उहाँको प्रतिवद्धता छ । –न्युज एजेन्सी नेपाल