३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

सामाजिक सञ्जालमा बलात्कार आरोपपछि ‘पाँच पाण्डव’बाट सागर लम्साल निष्कासित

सामाजिक सञ्जालमा बलात्कार आरोपपछि ‘पाँच पाण्डव’बाट सागर लम्साल निष्कासित
अ+ अ-

काठमाडौं । कालीरानी फिल्म्स प्रा.लि.ले निर्माणाधीन चलचित्र ‘पाँच पाण्डव’बाट कलाकार सागर लम्साल (बले) लाई निष्कासन गरेको छ। सामाजिक सञ्जालमा उनीमाथि बलात्कारको आरोप सार्वजनिक भएपछि फिल्म निर्माण पक्षले नैतिक आधारमा उनलाई परियोजनाबाट हटाउने निर्णय गरेको हो।

कम्पनीले आज जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख भएअनुसार अमेरिकामा अध्ययनरत एक युवतीले सामाजिक सञ्जालमार्फत आफूलाई एक वर्षअघि सागर लम्सालले बलात्कार गरेको आरोप लगाउँदै स्टाटस सार्वजनिक गरेकी थिइन्। सोही घटनालाई ध्यानमा राख्दै निर्माण पक्षले आकस्मिक बैठक बसेर उक्त निर्णय गरेको जनाएको छ।

विज्ञप्तिअनुसार सागर लम्साल चलचित्र ‘पाँच पाण्डव’को एक प्रमुख भूमिकामा आबद्ध थिए र झापा आसपासमा चैत २ गतेदेखि भइरहेको छायांकनमा उनको करिब ९० प्रतिशत दृश्य खिचिसकिएको थियो। तर अबदेखि ती दृश्यहरू चलचित्रमा समावेश नगरिने र आवश्यक परे पुनः छायांकन गरिने निर्माण पक्षले स्पष्ट पारेको छ।

निर्माण पक्षले कलाकारलाई परियोजनाबाट हटाउनु पर्दा र पुनः छायांकन गर्नुपर्ने अवस्थाका कारण आर्थिक क्षति हुने भए पनि पीडितको पीडाभन्दा ठूलो नहुने उल्लेख गरेको छ। साथै घटनाको सत्यतथ्य छानबिन गरी निष्पक्ष अनुसन्धान गर्न जोडदार मागसमेत गरिएको छ।

चलचित्रका प्रस्तुतकर्ता नवीन श्रेष्ठले पनि विज्ञप्तिमार्फत जघन्य अपराधको आरोप लागेका व्यक्ति कुनै पनि हालतमा फिल्मको हिस्सा बन्न नसक्ने बताएका छन्। उनले कानुनी प्रक्रिया आफ्नै ढंगले अघि बढ्ने भए पनि नैतिक रूपमा प्रश्न उठिसकेपछि जोखिम न्यूनीकरणका लागि निर्णय गरिएको स्पष्ट पारेका छन्।

निर्माण पक्षले यस प्रकरणले फिल्म निर्माणमा चुनौती थपिए पनि सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर निर्णय गरिएको जनाएको छ।