१८ भाद्र २०८३, बिहीबार
,
Latest
माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य तीव्र, सुरुङको मुखबाट १५ फिटसम्म डेब्रिज हटाइयो भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारको पुनरुत्थान प्याकेज, कर छुटदेखि सस्तो ऋणसम्म राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त सुरुङमा फसेकाको उद्धारमा सरकारले गम्भीरता नदेखाएको ज्ञानबहादुर शाहीको आरोप निष्क्रिय व्यवस्था जगाउन मात्रै विशेष सेवा विधेयक ल्याइएको हो : मन्त्री गौतम ‘नेपाल–भारतबीच दीर्घकालीन विद्युत व्यापार गर्ने सम्बन्धी सम्झौता’ प्रतिनिधि सभामा पेश सुशीला कार्की सरकारले लोकतान्त्रिक मूल्य–मान्यता भत्कायो, अहिलेको सरकारले सच्याउँदैछः रामकुमारी झाँक्री बाढीपछि नुवाकोट र रसुवामा वैकल्पिक सडक सञ्चालनमा त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङ खुलाउन उद्धार टोलीको निरन्तर प्रयास भूकम्पको तुलनामा बाढीको क्षति झनै विभत्सः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मातृभूमि कप बास्केटबल सम्पन्न



अ+ अ-

भक्तपुर। मातृभूमि कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा छात्रतर्फको उपाधि आयोजक मातृभूमि ‘ए’ र चिल्ड्रेन छात्रातर्फ बौद्ध चिल्ड्रेन हेभेन स्कुलले जितेका छन् ।

सानोथिमीस्थित घरेलु कोर्टमा भएको आजको फाइनल खेलमा मातृभूमि ‘ए’ का आभास राउतले १८ अङ्क जोडदै आफ्नै ‘बी’ टिमलाई ५६–२४ अङ्कले पराजित गर्दै मातृभूमि ‘ए’ च्याम्पियन बनेको हो ।

त्यस्तै छात्रातर्फ फाइनल प्रतिस्पर्धामा बौद्ध चिल्ड्रेनकी जस्मिन गुरुङले १८ अङ्क जोड्दै चेल्सी वल्र्ड स्कुललाई ३४–२८ अङ्कले पराजित गरि उपाधि जित्यो । फाइनल प्रतिस्पर्धामा सर्वाधिक स्कोरकर्ताद्वय आभास र जस्मिन  आ–आफ्नो विधामा उत्कृष्ट खेलाडी घोषित भए । छात्रतर्फ मातृभूमि ‘ए’ का सक्षम महर्जन र इनोभेटिभका रिजन खनाल तथा छात्रातर्फ मातृभूमिकी साइजा श्रेष्ठ उत्कृष्ट ‘थ्री प्वाइन्टर’ चुनिइन् ।

छात्रमा मातृभूमि ‘बी’ का प्रयास ढकाल तथा छात्रातर्फ चेल्सीकी तेन्जिङ कुसाङ शेर्पा प्रतियोगिताकै सर्वाधिक स्कोरकर्ता घोषित भए । छात्रमा प्यारागन पब्लिक र छात्रातर्फ केएमसी अनुशासित टोली घोषित भए । उनीहरुलाई मातृभूमिका संस्थापक निर्देशक मनोज पन्त र संस्थापक प्रिन्सिपल प्रकृति केसी पन्तले आज पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो ।




भर्खरै