४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

एउटा चलचित्र फ्लप भए दर्शक र मिडियाले गाली गर्छन् (अन्तरवार्ता)

एउटा चलचित्र फ्लप भए दर्शक र मिडियाले गाली गर्छन् (अन्तरवार्ता)
अ+ अ-

बलीउडमा इमान्दार अभिनेताको पहिचान बनाएका अजय देवगन अभिनयको साथ साथै निर्माणमा पनि हात हालेका छन् । यू मी और हम पछि उनी चलचित्र शिवायको निर्माण गर्ने तयारीमा छन् । तर यतिबेला भने उनी आफ्नो अभिनय रहेको चलचित्र एक्शन ज्याक्शनको प्रचारमा ब्यास्थ छन् । प्रभू देवाको निर्देशन रहेको यो चलचित्र आगामी शुक्रबारबाट बिश्वभर प्रदर्शनमा आउने छ । चलचित्रमा अजयको अलवा सोनाक्षी सिन्हा, यामी गौतम, मनस्वी ममगई र कुणाल रॉय कपूर को पनि मुख्य भूमिका रहेको छ । प्रदर्शनको संघारमा रहेको चलचित्र एक्शन ज्याक्शनको सेरोफेरोमा रहेर बलीउड भाष्करले उनीसँग लिएको अन्तरर्वाताको अंश
चलचित्र प्रमोशनमा पहिलोपटक यतिधेरै खुलेर लाग्नुभएको छ नी ?
म सधै कम बोल्छु । मिडियामा पनि यतिसाह्रै आउन मन लाग्दैन । साथीभाईसँग रहँदाको कुरा अलग भयो तर सार्वजनिक ठाँउमा धेरै समय सुन्ने र कम समय बोल्ने बानी छ मेरो । जहाँसम्म एक्शन ज्याक्शनको प्रचारको कुरा छ , निर्देशक प्रभू देवाको म भन्दा पनि कम बोल्ने बानी छ । त्यसैले म बाध्य भएर यो चलचित्रको बारेमा बोलीरहेछु । आफ्नो ठाँउबाट सक्दो चलचित्रको प्रचार गरिरहेको छु ।

तपाईको पछिल्लो प्रदर्शनमा आएको चलचित्र सिंघम रिटन्र्सले १४० करोडको कारोवार गरेको थियो । के एक्शन ज्याक्शनलाई त्यो भन्दा बढीको व्यापार गर्न दवाब छ ?
सिंघम रिटन्र्सलाई सबैले मन पराइदिनुभयो , यो राम्रो कुरा हो तर कुरा सय करोड र दुईसय करोडको होइन की चलचित्र कस्तो बन्यो ? दर्शकले रुचाए की रुचाएनन् भन्ने हो । चलचित्रको बजेट आजकल निकै बढेको छ । यस हिसाबले पहिले सय करोडको कारोबार गर्दा जति खुशी मिल्थ्यो त्यति खुशी आजभोली मिल्दैन । किनकी चलचित्रको कुल बजेट नै सय करोडको हाराहारीमा हुन्छ । त्यो हिसाबले चलचित्र राम्रो बनाउनुको साथ साथै कारोबार पनि बढाउनुपर्ने बाध्यता छ अहिले ।

प्रत्यक शुक्रबार बक्शअफिसको जानकारी राख्नुहुन्छ ?
अबश्य राख्छु । यो मेरो विजनेस हो । चलचित्रको राम्रो ओपनिङ किन भएन ? के कस्ता गल्ती भएका रहेछन् ? कुन कुरा बदल्न आबश्यक छ जस्ता कुराहरु बुझन पनि बक्श अफिसको फलो गर्नै पर्छ । कुन चलचित्रले कस्तो कारोबार गर्यो भन्ने शहि आँकडा थाहा पाउन पनि बक्शअफिसको साहरा लिनै पर्छ ।

प्रतिद्धन्दीको आकलन गर्न पनि बक्शअफिसको साहरा लिनु जरुरी छ ?
दुईवटा कुरा यसमाmहुन्छन् । पहिलो त जे कुरामा रुची छ त्यो कामलाई सघाउने कुराको ज्ञान राख्नै पर्दछ । कुन चलचित्र कस्तो बनेको थियो र कस्तो व्यापार गर्यो भन्ने जीज्ञासा हुन्छ नै । अर्को कुरा विजनेशको स्ट्रेटजी बनाउन पनि यी बक्श अफिसको ज्ञान हुनु पर्छ । बिदाका दिनहरुमा कलेक्शन आक्रमक हुन्छ भने अहिलेको सिजनमा व्यापार कम हुन्छ । किनकी यो बिहेको सिजन हो । मेरो अघिल्लो चलचित्र सिंघम रिटन्र्स दिपावलीको अवशरमा रिलिज भएको थियो । त्यो राम्रो सिजन भएकोले व्यापार पनि आक्रमक नै भयो । तर यो सिजनमा चलचित्रले आक्रमक व्यापार नगरे पनि बिस्तार बिस्तार व्यापारले गति लिनेछ भन्ने हाम्रो बुझाई छ ।

अपसिजनको रिलिजले एक्शन जैक्शनको बिजनेश कम होला ?
यो चलचित्रले कुनै छुट्टीको दिन पाएको छैन । तर सोलो रिलिजको अबशर पाएकोले बिजनेस राम्रै गर्छ भन्ने लागेको छ । अर्को हप्ता पनि कुनै ठूला बजेटका चलचित्र रिलिज हुने छैनन् । राम्रा चलचित्रहरुले तेश्रो हप्ता सम्म पनि दर्शक पाउने गरेकोले चलचित्रको बिजनेस राम्रै हुन्छ होला ।

आफ्नो निर्माण रहने चलचित्रमा निर्देशकलाई कत्तिको हस्तक्षेप गर्नुहुन्छ ?
निर्माता भएपछि चलचित्रका संगीत, कहानी, संबाद सबैमा ध्यान त दिन्छु नै । अभिनेताको हैसियतले राय दिने कुरा भयो । रिलिज भन्दा पहिले फाइनल कट अबश्य हेर्ने छु । यसलाई हस्तक्षेप भन्न मिल्दैन । यसले चलचित्र राम्रो बन्न सघाउदछ ।

के संगीत राम्रो भए चलचित्रले राम्रो कमाई गर्छ ?
हाम्रो कल्चर डान्स र म्यूजिकको हो । कुनैपनि चाडपर्वमा डान्स हुने नै हुँदा म्यूजिक महत्वपूर्ण पाटो हो । जो कोहिले पनि चलचित्र बनाउदै छ भने म्यूजीक हिट बनाउने कोसिस गर्छन् । राम्रो संगीतले भेरै दर्शकलाई चलचित्रसँग जोड्न मद्दत गर्छ । मेरा यस अघिका सफल चलचित्रको संगीत पनि राम्रौ थिए ।

सलमान खान, शाहारुख खान र आमिर खान क्रमश ईद, दिपावली र क्रिसमशलाई आफ्नै चलचित्र तयार गर्छन् । तपाईको तारिख चाहि कुन हो ?
जब चलचित्र तयार हुन्छ त्यो नै समय मेरो तारीख हो । कुनै चाडपर्वलाई भनेर म कहिल्यैं काम गर्दिन ।

अब पनि साथी भाईकै क्याम्पमा मात्र काम गर्नुहुन्छ ?
यसरी अब चल्दैन भन्ने सोच आएको छ । एउटा गलत चलचित्रमा काम गरे दर्शक र मिडियाले विरोध गर्छन् । साथी भाइको पनि राम्रो स्क्रीप्टमा अफर आए काम गर्छु ।

अमगामी दिनहरुमा तपाईको स्टारडम कस्तो देखिएला ?
स्टारडम कहिल्यै खत्तम हुँदैन । राम्रो कामको सबैले सधै याद गरिरहन्छन् । जब म १९ बर्षको थिए, तेतीबेला म काममा सिरीयस थिइन । कुनै चुनौती थिएन । चलचित्र बन्थ्यो, रिलिज हुन्थ्यो । मलाई कुनै फरक पर्ने थिएन । तर अहिले त्यस्तो हुँदैन । एउटा चलचित्र फ्लप भयो भने पनि दर्शकको नजरमा नराम्रो भइन्छ । त्यसैले चलचित्र छानेर सिमितमा मात्र काम गर्ने गरेको छु । अब बर्षमा एउटा मात्र चलचित्रमा काम गर्ने सोच छ । चलचित्र निर्माणमा पनि हात हालेकोले अब बाहिरी चलचित्रमा कमै काम गर्नेछु ।