• १३ मंसिर २०७९, मंगलवार
  •      Tue Nov 29 2022
Logo
Latest
★   पर्यटकीय नगरी पोखरालाई विश्वसँग जोड्दै विमानस्थल ★   यु-१९ राष्ट्रिय क्रिकेट: प्रदेश-१ विजयी ★   महानगर यस किसिमले अघि बढ्छ भन्ने सोचेका थिएनौँः राष्ट्रिय भूमि आयोग(भिडीयोसहित) ★   थापाथलीको सुकुम्बासी बस्ती आज दोस्रो दिन पनि अशान्त ★   पहिलो जितको खोजीमा आयोजक कतार, अमेरिकालाई इरानको चुनौति ★   सुकुम्बासी वस्तीमा भएको झडपका घाइते नगरप्रहरीको नर्भिकद्वारा निःशुल्क उपचार ★   बाराही हाइड्रोपावरको आइपिओ आउँदै ★   सुन्तलाखेतीले फेरिएको दोसल्लेका किसानको जीवनशैली ★   स्मार्टच्वाईस टेक्नोलोजिज र एभरेष्ट बैंकवीच स्मार्ट क्यूआर मार्फत भुक्तानी सेवा संचालनको सम्झौता ★   मेसीलाई धम्की दिने बक्सरलाई माइक टाइसनको चेतावनीः फेरि बक्सिङ रिङमा फर्किन नपरोस्

‘हाम्रो न्यायपालिका पर्दाभित्र र बाहिर’ पुस्तक प्रकाशित



वरिष्ठ अधिवक्ता डा. शङ्करकुमार श्रेष्ठको ‘हाम्रो न्यायपालिका पर्दाभित्र र बाहिर’ नामक पुस्तक प्रकाशित भएको छ । चारपुस्तादेखिको मान्य संस्थाको हैसियतमा काम गर्दै आएको न्यायपालिका बेलाबखत आहत हुँदा लेखिएका लेख तथा कार्यपत्र यस पुस्तकमा समावेश गरिएको लेखक डा. श्रेष्ठ बताछन् ।

एकसय एकान्नब्बे पृष्ठको सो पुस्तकमा न्यायाधीश नियुक्ति प्रसङ्ग, संसदीय सुनुवाइको व्यवस्था, सेवानिवृत्त न्यायाधीशलाई पुनः नोकरी, प्रधानन्यायाधीशका चुनौतीहरु, अदालतमा भ्रष्टाचार निवारण, अदालतमा भ्रष्टाचार सञ्जाल, कानुनका आर्यभट्टहरू, न्यायाधीश पुनर्नियुक्ति, सर्वसम्मतिको कैदी न्यायपरिषद्, बेञ्च र बारबीचको शीत युद्ध, न्यायाधीशलक्ष्यित केही यक्षप्रश्न, कानुन मन्त्रीको नियत कि नियति जस्ता विषयका ३४ लेख समावेश छन् ।

यसअघि लेखक श्रेष्ठले न्याय तथा कानुनको कठघरामा, पीडित न्याय प्रणाली ः सन्दर्भ र परिवेश, डिक्शनरी अफ ल एन्ड जस्टिस, नेपाली ल डिक्शनरी, कम्प्रिहेन्सिभ डिक्शनरी, इङ्लिस–नेपाली डिक्शनरीलगायतका पुस्तक प्रकाशित भइसकेका छन् ।

यसैबीच, पैरवी प्रकाशनले आजदेखि नेपाल बार एसोसिएसनको सभाकक्षमा कानुनसम्बन्धी पुस्तकहरूको प्रदर्शनी आयोजना गरेको छ । मंसिर मसान्तसम्म सञ्चालन हुने सो प्रदर्शनीमा छुटसहित आयोजक संस्था र कानुन किताव व्यवस्था समितिबाट प्रकाशित ऐन तथा नियम सङ्ग्रहका साथै विभिन्न लेखकका पुस्तक बिक्रीका लागि राखिएका छन् ।