१२ भाद्र २०८३, शुक्रबार
,
Latest
काठमाडौं–धुन्चे सडकखण्ड ४ चक्के सवारीसाधनका लागि सुचारु, रसुवा पुनः सडक सञ्जालसँग जोडियो नेपाल–चीन सम्बन्ध बिगार्ने गरी ‘चीनले बाढीको सूचना दिएन’ भन्ने आरोप ‘र्‍युमर’ मात्र होः रेग्मी रसुवा बाढी : ४० विदेशी नागरिकसहित ७०६ जनाको उद्धार भौँतारिँदै भोटेकोशी बाढीसँगै हराएका आफन्तहरू रसुवा बाढी उद्धारमा विदेशी टोली नबोलाएकोबारे सरकारको स्पष्टीकरण : ‘राष्ट्रिय क्षमतामै भर पर्नु स्वाभाविक’ भोटेकोशी बाढीः १०२ शवको डीएनए परीक्षण र पहिचान प्रक्रिया पोखरामा शुरु नेपालको पहिरो विपत्तिप्रति चीनको दुःख, उद्धारमा सहयोग गर्ने सीको प्रतिबद्धता भोटेकोशी बाढी : ११७ विदेशी पर्यटकको उद्दार, कुन देशका कति ? भोटेकोशी बाढीः टिचिङ अस्पतालमा २२ को उपचार हुँदै, २१ बिरामी ‘डिस्चार्ज’ बाढीपहिरो प्रभावितको राहतका लागि एमाले बागमती र राजधानी प्रदेशद्वारा २० लाख सहयोग घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सोनाक्षी अब एक्शन अवतारमा



अ+ अ-

बलीउड चलचित्र निर्देशक ए आर मुरुगादॉसको चलचित्र होलीडेमा मूख्य भूमिकामा देखिएकी अभिनेत्री सोनाक्षी सिन्‍हा एक पटक फेरी उनै निर्देशकको चलचित्र वुमेन सैंट्रि‍कमा एक्शन लेडिको रुपमा देखिने भएकी छिन् । चलचित्रमा सोनाक्षी एक्‍शन सीन्‍स केरलको ट्रेडिशनल मार्शल आर्टमा आधारित हुनेछ ।

चलचित्रको लागि सोनाक्षीले तयारी पनि शुरु गरेकी छिन् । एक महिनाको वर्कशप पछि चलचित्र फ्लोलमा जाने छ । चलचित्र नारीप्रधान हुने निर्देशक मुरुगादासले बताएका छन् । चलचित्रले सबै भारतीय महिलालाई दमदार सन्देश दिने उनको तर्क छ ।

यतिबेला प्रदर्शन भैरहेको सोनाक्षी अभिनित चलचित्र एक्शन ज्याक्शनले दर्शकले त्यति रुचाएको पाइएको छैन । बलीउड चलचित्र समिक्षकहरुले यस बर्षकै सबैभन्दा झुर चलचित्र भनेका छन् भने सोनाक्षीको चलचित्र करियरकै यो सबैधन्दा कमजोर चलचित्रको रुपमा चित्रण गरिएको छ ।