११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं प्लाष्टिक मुक्त !



अ+ अ-

काठमाडौं साउन, २८ ÷सरकारले बैशाख १ गतेदेखि काठमाडौं उपत्यकामा प्लाष्टिक झोला प्रयोगमा लगाएको प्रतिबन्ध कार्यान्वयन हुन सकेको छैन् ।

घोषणा लगत्तै महाभूकम्पले काठमाडौं उपत्यकामा क्षति पुगेकाले सरकारी घोषणा कार्यान्वयन हुन नसकेको हो । प्रदुषण नियन्त्रणका लागि प्लाष्टिक झोलाको सट्टा कपडा र कागजको झोला प्रयोग गर्न सरकारले गरेको आग्रहलाई सर्वसाधारणले व्यवहारमा ल्याउन सकेका छैनन् ।

अनुगमन, नियन्त्रण र कारबाहीका लागि प्रहरी, स्थानीय निकाय र अरु सरकारी संयन्त्रको परिचालन गर्ने भनिए पनि राजधानीका तरकारी, किराना पसल लगायतका व्यापारिक क्षेत्रमा प्लाष्टिकको प्रयोग अझैं घटेको छैन् ।

काठमाडौंको हावापानी, माटो, जनस्वास्थ्य र प्राकृतिक सुन्दरतामा नकारात्मक असर पार्ने मुख्य कारक पोलिथिन भएको भन्दै प्रतिबन्ध लगाइएको भए पनि उपयुक्त वैकल्पिक व्यवस्थाको अभावमा घोषणा कार्यान्वयनमा समस्या देखिएको छ । घोषणा कार्यान्वयनका लागि काठमाडौं महानगरपालिकाले प्लाष्टिक झोला प्रयोग नगर्न सञ्चारमाध्यम मार्फत प्रचारप्रसार, माइकिङ, टोल सुधार समितिलार्ई अभिमुखिकरण तालिम दिएको थियो ।