५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठनको तयारी News Polar सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवले गरे विदाई भेट News Polar बाढीपीडितको पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारले सबै निकाय र पक्षसँग सहकार्य गरिरहेको छ : सञ्चारमन्त्री डा तिमिल्सिना News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय News Polar त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको ९० प्रतिशत शरीर जलेको चिकित्सकको भनाइ News Polar एउटै घरभित्र तीन दशकको इतिहास News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग

तीन घुम्तीकी इन्द्रमाया अर्थात् गरिमा

तीन घुम्तीकी इन्द्रमाया अर्थात् गरिमा
अ+ अ-

शंकरप्रसाद खनाल

जननायक वीपी कोइरालाको चर्चित उपन्यास ‘तीन घुम्ती’ मा आधारित फिल्म ‘तीन घुम्ती’ बनेको छ । कर्मा प्रोडक्सनको ब्यानरमा निर्माण गरिएको चलचित्र तीन घुम्तीलाई बाबुराम ढकालले निर्देशन गरेका हुन् । तीन घुम्ती कोइराला सुन्दरीजल जेलमा रहँदा रचना गरिएको थियो । त्यसैले फिल्मको शुरुवात र अन्त्यमा सुन्दरीजलकै परिवेशहरु देखाइएको छ ।

फिल्ममा नेवार समुदायकी इन्द्रमायालाई बहिनीलाई ट्यूशन पढाउन आउने बाहुन शिक्षक पिताम्बरसँगको प्रेम प्रसङ्ग, परिवारको इच्छा विपरित प्रेम विवाह, त्यसपछि माइतीपक्षसँगको सम्बन्ध विच्छेदलाई पहिलो घुम्तीको रुपमा देखाइएको छ । राजाको विरोध गर्दा पिताम्बर जेल जानु, इन्द्रमायाको जीवनमा संकट शुरु हुनु र पतिकै साथी रमेशको सहानुभूति र प्रेम पाउनु, रमेशसँगको अवैध सम्बन्धबाट इन्द्रमायाले छोरी पाउनु जीवनको अर्को घुम्ती हो ।

पिताम्बर जेलबाट छुटेपछि इन्द्रमायालाई स्वीकारे पनि छोरीलाई नस्वीकार्नु र पतिबाट अस्वीकृत भएपछि सन्तान लिएर एक्लै बस्ने इन्द्रमायाको निर्णयलाई जीवनको तेश्रो घुम्तीका रुपमा देखाइएको छ । फिल्ममा इन्द्रमाया पत्नी, प्रेमिका र आमा बन्दा जीवनमा झेल्नु परेका तीन घुम्तीलाई जीवन्त रुपमा प्रस्तुत गरेको छ । फिल्म पूरै इन्द्रमायाको कथामा घुमेको छ । इन्द्रमायाको भूमिका निभाएकी नायिका पन्तको अभिनयमा कुनै खोट लगाउने ठाउँ छैन् । उनले छोरी, प्रेमिका र आमाको भूमिका राम्ररी निभाएकी छिन् । फिल्मका इन्द्रमायाको पति पिताम्बरको भूमिकामा रहेका ध्रुव दत्त र प्रेमी रमेश बनेका सुशान्त कार्कीको अभिनय कनिकुथी गरेझैं फितलो लाग्छ ।

इन्द्रमायाको आमाको रुपमा भुवन चन्द र बुबाको रुपमा मदनदास श्रेष्ठ, चिया पसलेको रुपमा लक्ष्मी गिरी र नेताको भूमिका निर्वाह गरेका तीर्थ थापाको पनि अभिनय भने अब्बल नै छ ।

फिल्मको सेट र परिवेश पनि तत्कालीन समयको झल्को दिने खालकै छ । क्यामरामा दृश्याङ्कन र सर्टहरुमा निकै ख्याल गरिएको छ । फिल्ममा क्रोमाको प्रयोग गरेर पूरानो धरहराको झल्को दिन खोजिएको छ । प्रविधिको ज्ञान नभएकाहरुलाई पूरानो दृश्य नै भएको भान दिन्छ ।

त्यसैगरी वाग्मती नदीको स्वच्छ र नीलो पानीमा इन्द्रमायाले नुहाएको क्रोमा पनि तत्कालीन परिवेशको स्पष्ट झल्को दिन्छ तर क्रोमाको प्रयोगमा भने केही समस्या छ । राजा विरोधी आन्दोलनमा पनि क्रोमाको प्रयोग गर्ने ठाउँ प्रसस्तै थियो तर तीन चार जना प्रहरी र नारामा मात्र आन्दोलनलाई सीमित गरिएको छ । यो फिल्मको कमजोर पक्ष हो ।

फिल्ममा पिताम्बर र रमेशलाई जुँघा पालेका युवाको रुपमा देखाउनु तत्कालीन समयको प्रतिनिधित्व गर्छ तर पिताम्बर जेलमा रहँदा दाह्री जुँघा काटेर चिटिक्क परेको देखिनु । जेलबाट फर्कंदा ससुराली गए जस्तै चिटिक्क परेर घर फर्केको दृश्य फिल्ममा अस्वभाविक जस्तो लाग्छ । रमेशको प्रेम प्रस्ताव ठाडो रुपमा देखिन्छ । संवादमा त्यत्ति ख्याल गरेको देखिंदैन् । संवादले भन्दा पनि प्रेम व्यवहारबाट देखाउन सकेको भए प्रभावकारी हुन्थ्यो । इन्द्रमायाले सन्तान जन्मिसकेपछि वा गर्भवतीहुँदाको अवस्थामा डर, त्रास र कुनै संकोच नभएको प्रस्तुती अत्यन्तै सामान्य जस्तो छ । अहिलेको परिवेशमा पनि यसलाई सामान्य मान्न गाह्रो पर्छ । उपन्यासमा रहेको कुरालाई फिल्ममा केही परिवर्तन गर्न सकिन्थ्यो ।

काठमाडौं र बन्दीपुरका दृश्यहरुले फिल्मको परिवेशलाई स्वभाविक बनाएका छन् । अञ्चलाधीशको कार्यालय पूरानो शैलीको छ । घण्टी बजाएर सुरक्षाकर्मी डाक्ने शैली दर्शकलाई रमाइलो लाग्नसक्छ । यस्ता दृश्यले फिल्मको परिवेशलाई मजबुत बनाएको छ ।

साहित्यिक कृतिमाथि बनेका फिल्ममा कृतिमाथि अन्याय हुने गरेको आरोप लागिरहेको बेला तीन घुम्तीले भने न्याय नै गरेको कुरा प्रधानमन्त्री सुशील कोइराला, अर्थमन्त्री डा. रामशरण महत र सञ्चारमन्त्री मीनेन्द्र रिजालले प्रतिक्रिया दिएका छन् । शीर्ष नेतृत्वबाट यस्तो प्रक्रिया पाउनु फिल्मका लागि राम्रो पब्लिसिटी हुनसक्छ । कृष्ण धरावासीको कथामा आधारित झोला फिल्मबाट निकै प्रशंशा बटुलेकी नायिका गरीमा पन्तलाई तीन घुम्ती फिल्मले पनि फेरि चर्चामा पुगाउने निश्चित छ ।