६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति News Polar भोटेकोशी बाढीमा बेपत्ता सिपाही कुमालको २७ दिनपछि अन्त्येष्टि News Polar जागिरसँगै सव–इञ्जिनियरको पाखोबारीमा फलफूल बगैँचा News Polar नेपाल फिल्म सोसाईटी र चलचित्र कलाकार संघ अमेरिका शाखाद्वारा बाढी पीडितका लागि आर्थिक सहयोग News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण र राहतमा भइरहेको ढिलाइप्रति सांसद राईको ध्यानाकर्षण News Polar न्यायपालिकाको पुनर्संरचनाबारे संसदमा एमाले–रास्वपा जुहारी News Polar असोज ८ देखि १० गतेसम्म हुने भारी वर्षाबारे गृहमन्त्री र ऊर्जामन्त्रीले लिए मौसम अपडेट

आतङ्कवादकाविरुद्ध लागौं : अमेरिकी राष्ट्रपति ओबामा

आतङ्कवादकाविरुद्ध लागौं : अमेरिकी राष्ट्रपति ओबामा
अ+ अ-

वासिङ्गटन,  भदौ २६। अमेरिकी राष्ट्रपति बाराक ओबामाले अमेरिकी नागरिकलाई आतङ्कवादका विरुद्धमा सतर्क भएर बस्न आग्रह गरेका छन् ।

चौध वर्ष अघि सेप्टेम्बर ११ का दिन संयुक्त राज्य अमेरिकामा भएको आतङ्कवादी हमलाको स्मरणमा शुक्रबार आयोजित कार्यक्रममा उनले सबै अमेरिकी नागरिकलाई सो आग्रह गरेका हुन् ।
हुनत अमेरिकी सुरक्षा प्रणालीले आतङ्कवादीहरुका विरुद्धमा धेरै काम गरिसकेको छ र उनीहरुको त्यस्तो कुनै पनि खतरा छैन, तरपनि अमेरिकी माटोमा अझैपनि उनीहरुको अस्तित्व नै छैन भन्न मिल्दैन– उनले भने । अमेरिकी ट्वीन टावरमा भएको हमलाको १४ औँ स्मृती दिवसका क्रममा शुक्रबार राति भएको श्रद्धाञ्जली सभामा उनले सबै अमेरिकी नागरिकलाई आतङ्कवादीका विरुद्धमा सतर्क रहन तथा निगरानी गर्न आग्रह गरेको ह्वाइट हाउसबाट प्राप्त समाचारमा जनाइएको छ ।
अहिले पनि इराक र सिरिया अनि अफगानिस्तान र उत्तरी अफ्रिकामा जारी रहेका आतङ्कवादी क्रियाकलापहरु अमेरिका तथा अरु संसारका लागि पनि सुरक्षा खतरा नै हुन् भन्दै यसका लागि सबैले सतर्कता अपनाउनुपर्नेमा उनको जोड थियो ।
न्युयोर्कको वल्र्ड ट्रेड सेन्टरमा शुक्रबार राति तीन पटकसम्म घन्टी बजाइयो र मौन धारण गरिएको थियो ।
त्यस समयमा राष्ट्रपति ओबामा, अमेरिकी प्रथम महिलासहितका अधिकारीहरुले ह्वाइटहाउसमा एक मिनेटसम्म मौन धारण गरेका थिए ।
सन् २००१ को सेप्टेम्बर ११ मा न्युयोर्कको सो टावरमा विश्व आतङ्कवादी सञ्जाल अल कायदाले गरेको आतङ्ककारी आक्रमणमा परी कम्तीमा पनि तीन हजार जना अमेरिकी नागरिकको ज्यान गएको थियो ।
राष्ट्रपति ओबामाले सोसियल मिडियामा गर्नुभएको पोष्टमा जो आतङ्ककारीको शिकार भएर मरेर गए उनीहरुप्रति हाम्रो सम्मान छ र जो बाँचेका छन् उनीहरुले पनि हाम्रो सुरक्षाका लागि बाँचेका छन् उनीहरुप्रति पनि हाम्रो सम्मान छ उनले भनेका छन् ।
सो हमलापछि अमेरिकामा पनि ठूलो आतङ्क मच्चिएको थियो । उक्त आतङ्ककारी आक्रमणपछि अल कायदाका नेतालाई खोज्न अमेरिकाले इराक र अफगानिस्तानमा सेना पठाएको थियो ।
त्यसै समयबाट अल कायदाका नेता ओसामा बिन लादेनको खोजी सुरु भएको थियो र तीन वर्षअघि उनी पाकिस्तानमा मारिएका छन् । अमेरिकी प्रहरीले कारबाहीका क्रममा लादेनलाई मारेको हो ।
त्यसयता अफगानिस्तानमा अमेरिकी नेतृत्वमा नेटो सैनिक रहेका छन् भने इराकमा पनि सद्दाम हुसेन शासनको अन्त्य भइसकेको छ । रासस/एएफपी