६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

डुंगा दुर्घटनामा २८ आप्रवासीको डुबेर मृत्यु



अ+ अ-

काठमाडौं, भदौ २८ । ग्रीसका अधिकारीका अनुसार डुंगा दुर्घटनापछि कम्तिमा २८ जनाको डुबेर मृत्यु भएको छ ।

ग्रीसको पूर्वमा अवस्थित दक्षिण एइजन समुद्रमा डुंगा दुर्घटना हुँदा २८ जनाको डुबेर मृत्यु भएको छ । मृतकमध्ये झन्डै आधा संख्या बालबालिका रहेको जनाइएको छ ।

आइतबार बिहानै ग्रीसको फार्माकोसिनी टापुमा करिब सय जना यात्रु बोकेको डुंगा दुर्घटनामा पाँच जना नाबालक, पाँच केटी र पाँच केटा समुद्रमा डुबेको बताइएको छ ।

स्थानीय डुंगाको सहयोगमा ६८ जनालाई सकुशल उद्धार गरिएको छ । बाँकी ३० जना पौडी खेलेर टापुमा पुग्न सफल भएका छन् । (एजेन्सी)