३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज

नेपालमा राजनीतिक धु्रवीकरणको संकेत ! प्रचण्ड र मोदीबीच एक घन्टा के पानी सम्वाद मात्र भएको हो ?

नेपालमा राजनीतिक धु्रवीकरणको संकेत ! प्रचण्ड र मोदीबीच एक घन्टा के पानी सम्वाद मात्र भएको हो ?
अ+ अ-

न्युज पोलार डेस्क

भारत भ्रमणमा रहेका नेकपाका अध्यक्ष प्रचण्डले हिजो शनिबार साँझ नयाँ दिल्लीमा प्रधानमन्त्री मोदीसँग के कुरा गरे ? हुनत उनीहरुबीच नेपालको हिमाली क्षेत्रको पानी मिनरल वाटरका रुपमा उत्पादन गरी विश्वै निर्यात गरिने विषयमा छलफल भएको भनेर कुरा बाहिर आएको थियो । यो सार्वजनिकीकारण पनि प्रचण्डले नै गरेका हुन् । र यतिखेर नेपाली राजनीतिक बजारमा यही पानी सम्वादको चर्चा बढी छ । र अधिकांश मानिसका मनमा अर्काे चिसो र चासो के पसेको छ भने के उनीहरुबीचको एक घन्टाको वार्ता पानीका विषयमा मात्र केन्द्रित थियो त ?

शुक्रबार आयोजित एक कार्यक्रममा नेपालमा सत्तापलट अहिलेलाई हुदैन भन्ने प्रतिक्रिया प्रचण्डले नै दिएपछि त्यसलगत्तै त्यसको झट्का बालुवाटारसम्म आइपुगेको थियो । प्रचण्डको त्यो अभिव्यक्तिले प्रधानमन्त्री केपी ओलीका मनमा पनि चिसो पसेको बलुवाटार स्रोतको दाबी छ । पछिल्लो जानकारी केछ भने प्रचण्डलाई भारत नजान प्रधानमन्त्री ओेलीले आग्रह गरेका थिए । तर पछिल्लो दिनमा मात्र त्यो सम्भव भएन र बिहीबार उनी भारत उडे । भारत जानुअघि भएको एक सहमति भने तर जानु अघि नेकपाका दुई अध्यक्षको सहमति भने अचम्मको थियो– प्रचण्डले भारतमा सत्ता राजनीतिका बारेमा कुनै कुरा नगर्ने । तर शुक्रबार भारतमा प्रचण्डले अहिले नै सत्ता नफेरिने र सत्ताका लागि आफूले प्रधानमन्त्री ओलीसँग सम्झौता गरेको बताउनुभयो ।

यसलाई बालुवाटारले सहमति विपरीतको अभिव्यक्ति भनेको छ । पछिल्लो समयमा चीनतर्फ बढी गृहकार्य गरेका छन् प्रधानमन्त्रीले । जसको परिणामस्वरुप चीन र नेपालबीच पारवाहनसम्बन्धी सम्झौतामा शुक्रबार हस्ताक्षर भएको छ । वास्तवमा यो हुन नदिने पक्षमा भारत थियो । भारत नेपालको नाका चीनतर्पm नखुलोस् भन्नेमै थियो । तर अब खुलेको छ । यसको उपभोग नेपालले गर्न सक्यो भने भविश्यमा नेपाललाई फाइदा नै हुने भए पनि हालै चीन गएर आएपछिको हतारोमा यतिखेर प्रधानमन्त्री ओलीले अघि बढाएको प्रोटोकलमा हस्ताक्षरप्रति दक्षिणको हेराई बडो उत्सुक पाइएको जानकारहरु बताउँछन् । उनीहरु भन्छन्– यो त हुने नै थियो र हुन्थ्यो पनि, तर पछिल्ला केही दिनयतामात्र यति चाँडै यो हस्ताक्षर भयो कि यसप्रति प्रधानमन्त्रीले किन हतार गर्नुभयो भनेर भने हेरिएकै छ ।

 

हालैमात्र नेपालमा सम्पन्न भएको विमस्टेक बैठकप्रति भारतको ठूलो चासो थियो । नेपालमा यो बैठक राखेर पाकिस्तानलाई देखाउने भारतको चाहना पूरा भएको छ । यसै मेसोमा आफू नै प्रत्यक्ष उपस्थित भएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा विमस्टेक देशको संयुक्त सैन्य अभ्यासका लागि ओलीलाई मनाउने प्रयत्न गरेका थिए । विमस्टेक सम्मेलनमा यो पारित पनि भयो । तर मोदी भारत पुग्नासाथै यता संसदलाई जानकारी गराउने क्रममा प्रधानमन्त्रीले ओलीले भने संयुक्त सैन्य अभ्यासको कुरा सो सम्मेलनको कुनै एजेण्डा नै नरहेको भनी अभिव्यक्ति दिए, यसले दक्षिण बढी चकित पारेको छ । दक्षिण, प्रधानमन्त्री ओलीको विकल्प खोज्न थालिसकेको जानकारहरुको दाबी छ । उनीहरु भन्छन्, यसका लागि प्रचण्ड र उनको असहमति भएमा बामदेव गौतमलाई अघिसार्ने भित्री तयारी उसले गर्दैछ । यसकारण पनि लामो समयसम्म सरकार विरुद्ध मिडिया या अन्यत्रबाट भइरहेको ठूलो आलोचनामा बामदेव मौन छन् ।

उता दिल्लीमा प्रचण्ड रहेका बेला यता नेपालमा दुई ठूला परिवर्तन भएका छन् यहाँको राजनीतिमा प्रत्यक्ष प्रभाव राख्ने खालका । नेपालले भारतको पुणेमा हुन लागेको भनिएको सो सैन्य अभ्यासमा सहभागी नहुने जनाएको छ । प्रम ओलीले नै नेपाली सेनाका प्रधान सेनापतिलाई त्यहाँ नजान भनेको र त्यो निर्णय पनि सेनाले गरिसकेको तथ्य बाहिर आएको छ । जसका कारण भारतलाई प्रत्यक्ष रुपमा नै एक किसीमले तरंग उत्पन्न गरिदिएको छ । प्रम ओलीले बिहीबार संसदमा जे जानकारी दिनुभयो त्यसबाट सामान्य हच्किएको भारतका लागि नेपाली सेना संयुक्त सैन्याभ्यासमा सहभागी नहुने निर्णय नै गरेपछि थप आशंका पैदा गरेको बताइएको छ । अधिकारीहरु भन्छन्– सरकारले शनिबार सो सैन्य अभ्यासमा सहभागी नहुने औपचारिक निर्णय गरेपछिको प्रचण्ड मोदी भेटवार्ता थप रहस्यमय छ । यो एक घन्टामा पानीको हैन कि नेपालको सत्तापलटका कुरा भएका छन् । त्यसलाई कहिले, कुन अवसर पारेर र कुन रुपमा प्रचण्डले बाहिर ल्याउँछन् भन्ने कुरा भने हेर्न बाँकी छ ।

पछिल्लो समयमा ओलीको विकल्प दिल्लीमा खोजिँदै गरेको हल्लामा सत्यता रहेको कूटनीतिक क्षेत्रका जानकारी बताउँछन् । यसका लागि प्रचण्ड र बामदेवसहितको गठबन्धनको निर्माणमा भारत लागेको छ । उनीहरुले गर्नसक्नै यस्तै हर्कतलाई रोक्न नै ओलीले प्रचण्डलाई भारत नजानु भनेका थिए । त्यसमा पनि सकेसम्म मोदी या केन्द्रीय सरकारका प्रभावशाली मन्त्रीलाई भेट्ने काम नगर्न भनेको भए पनि दिल्लीको नेपाली दूतावास एक कदम अघि बढेर मोदी सहित महत्वपूर्ण भेटघाट मिलाएको थियो । अहिले नेपालको सत्ताकै बारेमा भारतमा कुराकानी भएको आशंका बालुवाटारमा छ र यसले गर्दा बालुवाटार र कम्युनिष्ट पार्टीभित्र पनि खैलाबैला मच्चिएको स्रोतको दाबी छ । केही समयअघि मात्र पनि श्रीमतीको उपचार गराउने निहूँमा प्रचण्ड सिंगापुरमा १२ दिनसम्म बसेका थिए । त्यहाँ उनले भाजपाका नेताहरुसँग गोप्यवार्ता गरेका थिए । यो कुराले मनमा चिसो पसेपछि ओलीले प्रचण्डलाई भारत जानबाट रोक्ने कूटनीतिक प्रयास गरेका थिए ।

ओलीको यो कूटनीति बुझेका प्रचण्डले पनि एक कदम अघि बढेर आफू भारतमात्र होइन चीन पनि जान लागेका बताएका थिए । अब यसपछि प्रचण्डको चीन भ्रमण पनि तय भएको स्रोतको दाबी छ । तर पनि हिजो र आज नयाँ दिल्लीमा भएका हाइ प्रोफाइल भेटघाट र गत बुधबारको सहमति बमोजिम हिजो प्रचण्डले दिएको राजनीतिक भाषणले भने यता ओलीलाई टाउको दुख्न थालेको छ । यसैमा आएको छ अहिलेसम्म लुकेर रहेको डा.बाबुराम भट्टराइको धर्म निरपेक्षताको कुरा पनि ।

उनले भारतले संविधानमा धर्म निरपेक्षताको प्रावधान नराख्नु भनेको तर हामीले राखेकोले नाकाबन्दी लगाएको भनेका छन् । यो प्रसंग बाबुरामबाट तीन वर्षसम्म लुकेको भए पनि अहिले संविधान घोषणा भएको तेस्रो वार्षिकीको मुखमा आएर खुलेको छ । यसले पनि ठूलै रहस्य बोकेको हुनसक्छ । किनभने महिना दिनमात्र अघि सिंगापुरमा प्रचण्ड, भारतीय जनता पार्टीका वरिष्ठ नेता र पूर्व राजा ज्ञानेन्द्रको पालैपालो तर भित्री भेटघाटमा पनि नेपालमा हिन्दू धर्मको विषयमा नै कुराकानी भएको बताइएको थियो ।