• २१ असार २०८१, शुक्रबार
  •      Fri Jul 5 2024
  •   Unicode
Logo
Latest
★   सुनसरीमा आँप उत्पादन घट्यो ★   नेपालमा गोतोखोरको सङ्ख्या एक सय १० पुग्यो ★   जीवन बचाउने थलो बन्दै चारआली स्थित सर्पदंश उपचार केन्द्र ★   कुटपिटबाट एकको मृत्यु, तीनजना घाइते ★   गृहसचिवद्वारा कार्यक्षेत्र नछाड्न प्रजिअलाई निर्देशन ★   इक्वेडरलाई पेनाल्टीमा हराउँदै अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा ★   गृहसचिव र प्रहरी प्रमुखसँग सहकारी अनुसन्धान गर्ने संसदीय समितिले आज जानकारी लिने ★   नेकपा एसको महाधिवेशन : विधिको नाममा विद्रोह, तर विधिकै हुर्मत ! ★   तीन दिन हल्कादेखि भारी वर्षाको सम्भावना ★   विद्यार्थी दुई, शिक्षक पनि दुई : प्रअ भन्दछन् ‘दिन बिताउन साह्रै गाह्रो भयो ’

नेपाल–फिलिपिन्सबीचको फुटबल आज



काठमाडौँ, ३ असोजः एएफसी यू–१६ महिला च्याम्पियनसिप फुटबलमा नेपाल र फिलिपिन्स भिड्दैछन् । आगामी वर्ष थाइल्याण्डमा हुने एएफसी यु–१६ महिला च्याम्पियनसिपको पहिलो चरणमा समूह ‘इ’को छनोट खेलमा नेपालले आज फिलिपिन्ससँग प्रतिस्पर्धा गर्न लागेको हो । शसस्त्र प्रहरी बलको हल्चोकस्थित मैदानमा दिउँसो ३ ः३० बजे खेल हुनेछ ।

पहिलो चरणमा विभिन्न चार टोलीले प्रतिस्पर्धा गर्दैछन् । जसमा घरेलु टोली नेपालसहित फिलिपिन्स, म्यानमा र मलेसिया छन् । उक्त प्रतियोगिताको खेल हल्चोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा हुनेछ ।

नेपालले दोस्रो खेलमा म्यानमासँग शुक्रबार खेल्नेछ । छनोटको अन्तिम खेलमा नेपालले मलेसियासँग आगामी आइतबार खेल्नेछ । समूहको शीर्ष दुई टोलीले अर्को वर्ष थाइल्याण्डमा हुने एएफसी यू–१६ महिला च्याम्पियनसिपको यात्रा तय गर्नेछन् । फाइनल चरणमा आठ टोलीले खेल्नेछन् । आयोजक थाइल्याण्डसहित, जापान, दक्षिण कोरिया र उत्तर कोरिया फाइनल चरणको लागि यसअघि नै छनोट भइसकेका छन् ।

खुला राष्ट्रिय ब्याड्मिण्टनको तेस्रो संस्करण शुरु

ज्येष्ठ ब्याड्मिण्टन एकेडेमीले आयोजना गर्दै आएको ज्येष्ठ खुला राष्ट्रिय ब्याड्मिण्टनको तेस्रो संस्करण आजदेखि शुरु भएको छ । चार दिनसम्म बसुन्धारास्थित एकेडेमीको आफ्नै कोर्टमा सञ्चालन हुने प्रतियोगितामा विभिन्न नौ विधामा प्रतिस्पर्धा गराइने एकेडेमीले जनाएको छ ।

प्रतियोगिताअन्तर्गत पुरुष र महिला एकल खुला, पुरुष युगल खुला र पुरुष युगल टप २०, यू–१५ महिला र पुरुष खुला, मिश्रित युगल खुला, मास्टर ३५ वर्षमाथि र मास्टर ४५ वर्षमाथि प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा कूल पुरस्कार राशि रु तीन लाख ८० हजार छ । नौ वटै विधामा पहिलोदेखि तेस्रो हुनेले पुरस्कार प्राप्त गर्नेछन् ।

पुरुष एकलको विजेताले रु ३० हजार, दोस्रो हुनेले रु १५ र तेस्रोले रु १० हजार प्राप्त गर्नेछन् । यस्तै महिला एकल, पुरुष युगल खुल्ला र पुरुष युगल टप २० बरियताबाहेकको विजेताले समान रु २५ हजार प्राप्त गर्नेछन् । मास्टर ३५ वर्षमाथि, मास्टर ४५ वर्षमाथि र मिश्रित युगल खुलाको विजेताले समान रु २० हजार र यू–१५ महिला र पुरुषको विजेताले १६÷१६ हजार पाउनेछन् ।