६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

नेकपा एसको महाधिवेशन : विधिको नाममा विद्रोह, तर विधिकै हुर्मत !

नेकपा एसको महाधिवेशन : विधिको नाममा विद्रोह, तर विधिकै हुर्मत !
अ+ अ-

काठमाडौं । ‘अध्यक्ष र महासचिव सर्वसम्मत गर्न म समेतको प्रयास सफल भएको हो । तर अध्यक्ष मण्डलका अध्यक्ष झलनाथ खनाललाई पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म सर्वसम्मत गर्‍र्यौं/भयो भनेर प्रतिनिधिहरुलाई घर पठाउने म्यान्डेट कसले दियो ? को पदाधिकारी को सदस्य खै त खनाल कमरेड ?’ यो भनाइ नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीको हो ।

नेकपा एमालेबाट विभाजित भएर ३४ महिनाअघि गठन भएको नेकपा एकीकृत समाजवादीको महाधिवेशनले अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाललाई सर्वसम्मत चयन गर्‍यो । तर अरु पदाधिकारी र केन्द्रीय सदस्य चयन भएका छैनन् । सर्वसम्मत गर्ने नाममा खनालले महाधिवेशन प्रतिनिधिहरुलाई घर जान निर्देशन दिनुभयो । यसमा असहमति जनाउँदै नेतृ झाँक्रीले सामाजिक सञ्जालमार्फत् आफ्ना भनाइ राखेकी हुन् ।

यसले के देखाउँछ भने एकीकृत समाजवादीले सहमतिका नाममा नेतृत्व लादेको छ । नेकपा एमालेमा विधिको कुरा उठाएर विद्रोह गरेका नेताहरुले अहिले विधिकै हुर्मत लिएका छन् । सहमतिका नाममा महाधिवेशनबाट जबरजस्ती नेतृत्व छान्ने काम गरिएको छ । स्वस्थ प्रतिस्पर्धाको ढोका बन्द गरिएको छ । नेतृत्वले आम कार्यकर्ताको अपेक्षा के हो बुझ्ने कामसम्म भएन ।

स्थापनाको ३४ महिना मै दशौं राष्ट्रिय महाधिवेशन भन्दै पहिलो पटक महाधिवेशन गरेको नेकपा एकीकृत समाजवादीले महाधिवेशनबाट कुनै पनि नयाँ सन्देश दिन सकेन । फगत पुरानो नेतृत्वलाई पाँच वर्षसम्मका लागि निरन्तरता दिने काम मात्र गरेको छ । जबकी नेकपा एकीकृत त्यही शक्ति हो जुन ३४ महिनाअघि एमालेमा नेतृत्व तानाशाही भएको आरोप लगाउँदै विद्रोह गरेर बाहिरिएको थियो ।

तर पार्टी स्थापनापछि भएको पहिलो महाधिवेशनमा अध्यक्षमण्डलका अध्यक्ष झलनाथ खनालले माधवकुमार नेपाल निर्विरोध अध्यक्ष चयन भएको घोषणा गरे । सम्मानित नेतामा आफ्नै नाम लिएका पूर्वप्रधानमन्त्री खनालले घनश्याम भूसाल निर्विरोध महासचिव बनेको घोषणा गरेका छन् । अध्यक्ष मण्डलको हैसियतमा खनालले घोषणा गरेका नामहरू अनुमोदन गरिदिन हलमा सहभागी प्रतिनिधिहरुसँग आग्रह गरेका थिए ।

प्रतिनिधिहरुले ताली बजाएर अनुमोदनको जनाऊ दिएपछि खनालले थप कार्यसूची प्रस्तुत गरे । उनका अनुसार, अब बाँकी पदाधिकारी र केन्द्रीय सदस्यहरु सचिवालय बैठकबाट टुंग्याइनेछ । ‘क्षमता, योग्यता र भौगोलिका क्षेत्र हेरेर सचिवालयले बाँकी पदाधिकारी र केन्द्रीय सदस्य टुंगो लगाउनेछ’, खनालले घोषणा गरे ।

बाँकी पदाधिकारी र केन्द्रीय सदस्य टुंग्याउने घोषणालाई पनि अनुमोदन गरिदिन उनले आग्रह गरे । हलबाट उस्तै ताली बज्यो । तर यसपटक मञ्चमै रहेकी पार्टी सचिव रामकुमारी झाँक्रीले असहमतिको हात उठाएकी थिइन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत् झाँक्रीले अध्यक्ष र महासचिव पदमा निर्विरोध गर्ने सहमति भए पनि बाँकी पद र केन्द्रीय सदस्यबारे अध्यक्ष मण्डललाई कुनै म्याण्डेट नरहेको प्रष्ट्याइन् ।
झाँक्रीको आवाजलाई कसैले वास्ता गरेन । अर्थात् खनालले पाँच दिनसम्म चलेको महाधिवेशन समापन गरे । अरु नेताहरुका अनुसार पनि १६ असारदेखि कमलादीमा जारी महाधिवेशन अधुरो नेतृत्व चयन गर्दै सकिएको छ । एकीकृत समाजवादीको पछिल्लो सचिवालय बैठकको निर्णय बमोजिम यो महाधिवेशनबाट २१ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नुपर्नेछ ।

नेकपा एकीकृत समाजवादीको महाधिवेशनले लोकतान्त्रिक अभ्यासको पुरै बेवास्ता गरेको छ । जुन यसअघि नेकपा माओवादी केन्द्रले पनि गरेको थियो । २०७८ पुसमा सम्पन्न माओवादीको महाधिवेशन हलबाट ३२ वर्षपछि पनि पुष्पकमल दाहाललाई नेतृत्व अनुमोदन गरेको थियो । आफ्नोसहित केन्द्रीय सदस्यहरुको नाम प्रचण्डले बन्दसत्र हलमा अनुमोदनका निम्ति प्रस्तुत गरेका थिए । हलले ताली बजाएर अनुमोदन गरेको थियो । बाँकी पदाधिकारी बनाउने म्याण्डेट लिएका प्रचण्डले आजसम्म पूर्ण कमिटी तयार पार्न सकेका छैनन् ।

२०७८ मंसिरमा सम्पन्न नेकपा एमालेको दशौं महाधिवेशनमा पनि झण्डै यस्तै भएको थियो । तर औपचारिकताकै निम्ति भए पनि एमालेमा अध्यक्षसहित निर्विरोध नभएका पदहरुमा मतदान भएको थियो । तर एकीकृत समाजवादीले त्यो गर्ने हिम्मतसम्म गर्न सकेन ।