४ भाद्र २०८३, बिहीबार
,
Latest
ग्यास सिलिण्डरमा स्थायी ट्रयाकिङ प्रणाली लागू गर्नुपर्नेमा जोड ग्यासको कृत्रिम अभाव रोक्न प्रभावकारी अनुगमन गर्न सांसदहरूको माग गुल्मीमा मदन भण्डारी राजमार्गका प्रभावित घरधनीलाई १० करोडभन्दा बढी क्षतिपूर्ति वैदेशिक सहायता राष्ट्रिय प्राथमिकता र सरकारी कोषमार्फत परिचालन गर्न निर्देशन वैदेशिक सहायता घट्दैछ, निजी पुँजी परिचालन गर्नेतर्फ जाँदैछौँः अर्थमन्त्री डा. वाग्ले एक वर्षभित्र बागमतीमा स्वच्छ पानी बगाउने गरी ढल व्यवस्थापन गरिँदै एलपीजी ग्यासको व्यवस्थापनमा डिजिटल ट्रयाकिङ प्रणाली लागू गर्न संसदीय समितिको निर्देशन तनहुँकाे नारेश्वर तालमा पानी भरिन थाल्यो, कृषि र पर्यटन विकासको आधार बन्दै वैदेशिक सहायता शोधभर्ना नहुँदा राज्यकोषमा दबाब परेको रास्वपा सांसद पराजुलीको भनाइ वागमती नदी संरक्षण र पुनर्जीवनका लागि सरकारलाई संसदीय समितिको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

इक्वेडरलाई पेनाल्टीमा हराउँदै अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा



अ+ अ-

काठमाडौँ । अर्जेन्टिना कोपा अमेरिका २०२४ फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

भर्खरै सम्पन्न खेलमा इक्वेडरलाई पेनाल्टी सुटआउटमा ४–२ गोलले हराउँदै साविक विजेता अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा पुगेको हो ।

खेलमा १–१ गोलको बराबरी भएपछि खेलको विजेताको टुंगो टाइब्रेकरबाट लागेको हो । खेलको ३५ औं मिनेटमा लिसान्ड्रो मार्टिनेजले हेडरमार्फत गोल गर्दै अजेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए ।

खेलको ६२ औं मिनेटमा इक्वेडरलाई बराबरी गर्ने सुनौलो अवसर थियो । तर, कप्तान इनर भ्यालेन्सियाले पेनाल्टीमा गोल गर्न चुके ।

उनले देब्रे साइडतर्फ प्रहार गर्दा गोलकिपर इमालेज मार्टिनेज अर्को साइडतर्फ डाइभ गरेपनि बल पोलमा ठोक्किएर गोल हुन पुगेन ।

यता, खेलको इन्जुरी समयमा केभिन रोड्रिग्वेजले बराबरी गोल फर्काउँदै इक्वेडरलाई पेनाल्टी सुटआउटमा पुर्याएका थिए ।

पेनाल्टीमा पहिलो प्रहारमै अर्जेन्टिनाका कप्तान लियोनल मेसीले गोल गर्न चुके । अर्जेन्टिनाका गोलकिपर इमिलियानो मार्टिनेजले लगातार दुई सेभ गर्दै अर्जेन्टिनाको जितमा नायक बने । अर्जेन्टिनाका लागि युलियन मार्टिनेज, गोन्जालो मोन्टियल, म्याक एलिस्टर र निकोलस ओटामेन्डीले गोल गरे ।

यता, इक्वेडरका एंगेल मेना र आलान मिन्डा गोल गर्न चुके भने जोन एवोहा र जोर्डी काइसेडोले गोल गरेपनि टोलीको हार टार्न सकेनन् ।