३० श्रावण २०८३, शनिबार
,
Latest
लामवद्ध नागरिक भन्छन्ः दिनभर कुर्दा पनि ग्यास पाएनौँ (तस्बिरसहित) अनलाइनमार्फत स्वास्थ्य बीमामा आबद्ध हुन सकिने वर्तमान सरकार ‘कामचलाउ’ मात्र, मध्यावधि निर्वाचनको सम्भावना छः डा. शशांक कोईराला गगन र विश्वप्रकाशलाई दीपक खड्काले भनेः जनताबाट अस्वीकृत हुनुभयो, केको लागि रडाको गरेको ? काँग्रेसलाई जीवन्त राख्न गुटबन्दी र नातावाद अन्त्य हुनुपर्छः नेता चौधरी ललितपुर महानगरद्धारा पुनर्निर्माण गरिएको सप्तपाताल पोखरीको उद्घाटन लहानमा तत्काल ट्रमा युनिट सञ्चालन गरिनेः स्वास्थ्यमन्त्री निशा मेहता पोखरामा ६ करोडका सुविधासम्पन्न लक्जरियस बस भित्रिए, बसभित्रै चिया–कफी र शौचालयको सुविधा पोखराको विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता यातायात व्यवस्था कार्यालयद्वारा ५८ करोड ५३ लाखभन्दा बढी राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप विजेता भारतीय क्रिकेट टोलीसँग प्रधानमन्त्री मोदीको भेट



अ+ अ-

एजेन्सी । आईसिसी टी-२० विश्वकपको उपाधि विजेता भारतीय क्रिकेट टोलीले प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरेका छन् ।

वेस्ट इन्डिजको बारबाडोसबाट बिहीबार बिहान दिल्ली आइपुगेको टोलीलाई प्रधानमन्त्री मोदीले आफ्नै निवासमा लन्च भेट गरेको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् ।

भारतीय टोलीका सबै खेलाडी ‘इन्डिया च्याम्पियन्स’ नामको विशेष जर्सी लगाएका छन् । कप्तान रोहित शर्मा र राहुल द्रविणले प्रधानमन्त्री मोदीको हातमा ट्रफि थमाएर फोटो खिचाएका छन् । फोटोमा अन्य खेलाडिहरु पनि देखिएका छन् ।

यसपछि आजै क्रिकेट टिमलाई मुम्बईको मरिन ड्राइभदेखि वान्खडे स्टेडियमसम्म भिक्ट्री परेड गराइने भएको छ । सो अवसरमा यसअघि बोर्डले घोषणा गरेको १२५ करोड रकम समेत हस्तान्तरण गरिने बताईएको छ ।

भारतीय टोलीले १७ वर्षको लामो प्रतीक्षापछि दोस्रो पटक टी–२० विश्वकपको उपाधि जितेको थियो । फाइनल खेलमा भारतले दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै उपाधि जितेको थियो ।

च्याम्पियन बनेपछि टीम इण्डिया चक्रवातका कारण बार्बाडोसमा फसेको थियो । नियमित उडान रद्द भएपछि भारतीय क्रिकेट बोर्डले बिहिबार विशेष विमान व्यवस्था गरेर खेलाडी, अफिसियल र पत्रकारहरूलाई बारबाडोसबाट सिधै दिल्ली ल्याएको थियो ।