३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृहसचिव र प्रहरी प्रमुखसँग सहकारी अनुसन्धान गर्ने संसदीय समितिले आज जानकारी लिने



अ+ अ-

काठमाडौं । सहकारीको बचत दुरुपयोगसम्बन्धी संसदीय छानबिन विशेष समितिले छानबिनको दायरामा परेका सहकारीको अवस्था र तिनीहरुमाथि जारी अनुसन्धानका बारेमा बुझन गृह मन्त्रालयका सचिव एकनारायण अर्याल र प्रहरी महानिरक्षिक बसन्त कुँवरसहितका सुरक्षा अधिकारीलाई छलफलका लागि समितिमा बोलाएको छ ।

छानबिनको दायरामा ल्याइएका सहकारीको अवस्था र देशभर प्रहरी कार्यालयमा यसबारे भइरहेको अनुसन्धान अवस्थालगायतका विषयमा बुझ्न समितिले गृहसचिव अर्याल, प्रहरी महानरीक्षक कुँवर, केन्द्रीय अनुसन्धान ब्यूरो प्रमुख श्याम ज्ञवाली र अपराध अनुसन्धान विभागका प्रमुख टेकबहादुर तामाङलाई आज समितिको कार्यालयमा बोलाइएको हो । यस्तै समस्याग्रस्त २९ सहकारीका सञ्चालकलाई पनि उपस्थित समितिले निर्देशन दिएको छ ।

२०८० साल चैत ११ मा राज्य व्यवस्था तथा सुशासन समितिमा उपप्रधान तथा गृहमन्त्री र रवि लामिछाने र प्रहरी महानिरीक्षक कुँवरसहितका अधिकारीलाई बोलाइएको थियो । सहकारी ठगीबारे गृहमन्त्रीसहितको संलग्नताबारे बैठकमा विषय उठेको थियो । त्यसको जवाफमा प्रहरी महानिरीक्षक कुँवरले गृहमन्त्री लामिछानेविद्ध आरोप पुष्टि हुने कुनै आधार नदेखिएको भन्दै बचाउ गरेका थिए ।

समितिले भने आरोप लागेका व्यक्ति तथा संस्थाहरुको तथ्य/प्रमाण बुझ्ने काम जारी रहेको जनाएको छ ।