• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo
Latest
★   कार्यदलले प्रधानमन्त्रीलाई बुझायो ‘फौजदारी न्याय प्रशासन सुधार अध्ययन तथा सुझाव प्रतिवेदन २०८१’ सम्बन्धी प्रतिवेदन ★   सोमबारदेखि सरकारी खाता रोक्का, चालु आवको भुक्तानी हुने अन्तिम दिन पनि सोमबार ★   एकै दिन ३४ लाख बाढीसम्बन्धी एसएमएस सम्प्रेषण ★   राष्ट्रपति पौडेलद्वारा जगन्नाथ रथ यात्राको शुभारम्भ ★   कुन देशमा जागिरेले थाप्छन् सबैभन्दा धेरै तलब ? ★   क्यान्टनमेण्ट घोटालाको फाइल खोल्न गृहमन्त्रीलाई प्रमुख सचेतक शाहीको आग्रह ★   काँग्रेस–एमालेबिचको सहमती अपारदर्शी छ, स्थिरता दिँदैन: सांसद सापकोटा ★   प्रधानमन्त्री पुष्पकमल दाहाललाई समर्थन नगर्न रास्वपालाई एमाले सचिव भट्टराईको आग्रह ★   चित्रबहादुर केसीको प्रश्न: काँग्रेस–एमाले सहकार्य भुटानी शरणार्थी र गिरिबन्धु टिस्टेट प्रकरणबाट चोखिनका लागि हो ? ★   कसैको घरमा पाहुना बन्न जाँदै हुनुहुन्छ भने यी कुराहरुको विशेष ध्यान दिनुस्

सदभाव आचार्य गल्फ प्रतियोगिता खेल्न र प्रशिक्षण गर्न अमेरिका प्रस्थान



काठमाडौंः नेपाल नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्य विशेष प्रशिक्षण तथा दुई प्रतियोगितामा सहभागी हुन बिहीबार संयुक्त राज्य अमेरिका प्रस्थान गर्दैछन् ।

सदभावले १२४ औं संस्करणको युएस एमेच्योर च्याम्पियनसिपको अन्तिम चरणको क्वालिफाईङ प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने छन् । १८ वर्षिय सदभावले युनाईटेड स्टेट्स गल्फ संघबाट दोस्रो तथा फाइनल राउन्डको छनोट प्रतियोगिताको लागि विशेष निमन्त्रणा पाएका हुन् । उनले यो छनोट नर्थ क्यारोलिना वा क्यालिफोर्नियाबाट खेल्ने छन् ।

सदभाव युएस एमेच्योर च्याम्पियनसिपको अन्तिम छनोट प्रतियोगिता खेल्ने पहिलो नेपाली गल्फर समेत बन्ने छन् । १२४औं युएस एमेच्योर च्याम्पियनसिप अगस्ट १२ देखि १८ तारिखसम्म मिनेसोटाको हेजेल्टाइन नेसनल गल्फ क्लबको चास्का टाउन कोर्समा हुनेछ ।

यसैगरी उनले जुनियर प्लेयर्स च्याम्पियनसिप २०२४ मा सहभागिता जनाउने छन् । अमेरिकन जुनियर गल्फ संघले सदभावलाई आगामी अगस्ट २९ देखि सेप्टेम्बर १ तारिखसम्म फ्लोरिडास्थित टिपीएस सग्रसको दि प्लेयर्स स्टेडियम कोर्समा आयोजना हुने च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न निमन्त्रणा पठाएपछि उनी सहभागी हुन लागेका हुन् ।
सन् २०२४ को जुनियर प्रेसिडेन्ट्स कप इन्टरनेसनल टिमको दाबेदार मध्यको एक खेलाडी भएकोले अमेरिकन जुनियर गल्फ संघले सदभावलाई निमन्त्रणा नेपाल गल्फ संघले जनाएको छ ।

दुई प्रतियोगितामा सहभागीतासँगै अमेरिकामा सदभावले विशेष प्रशिक्षण गर्ने छन् । उनले विभिन्न गल्फ क्लबमा प्रोफेसनल गल्फर स्टेफन पर्यासँग तीन महिना प्रशिक्षण लिने छन् ।

दुई पटक फाल्डो सिरिज एसिया फाइनलमा छनोट हुनुका साथै सदभावले गत वर्ष सुवास तामाङसँग मिलेर बंगलादेश ओपनमा टिम इभेन्टमा नेपाललाई स्वर्ण पदक दिलाएका थिए । उनी सूर्य नेपाल गल्फ टुरमा सबैभन्दा कम उमेरमा उपाधि जित्ने गल्फर पनि हुन् । उनले तीनवटा प्रमुख उपाधि जितिसकेका छन् । सदभावले गत वर्ष चीनमा सम्पन्न १९ औँ एसियाली खेलकुदमा पनि देशको प्रतिनिधित्व गरिसकेका छन् ।

सदभावले भर्खरै सम्पन्न सूर्य नेपाल गल्फ टुर २०२३–२४ को सिजनमा दुई वटा उपाधि जित्दै टुरमा कुल उपाधि संख्या तीन पुर्याएका थिए । यो सिजन ६ प्रतियोगितामा भाग लिए उनले दुई प्रमुख उपाधिसँगै एमेच्योरतर्फ ६ उपाधि नै जिते ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बिहीबारै सदभावलाई सफलताको शुभकामना दिदै एक कार्यक्रमबीच बिदाइ गरे । सदस्य–सचिव घिसिङले नेपाली खेलाडीले यो स्तरको प्रतियोगिता र प्रशिक्षणमा सहभागी हुनु गल्फका लागि मात्र नभइ सिंगो राष्ट्रका लागि गर्वको कुरा भएको बताए ।