२ भाद्र २०८३, मंगलवार
,
Latest
नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो संविधान संशोधनमा सरकार गम्भीर नभएको कांग्रेसको आरोप काँग्रेसको १५ औँ महाधिवेशन असोज १६–१९ मा गर्ने निर्णय यथावत, तल्लो तहको अधिवेशन आवश्यकताका आधारमा… बागमती प्रदेशमा किरण थापालाई मुख्यमन्त्री बनाउने सहमति बेवारिसे शवका लागि छुट्याइएको १५ करोड बजेटबारे सांसद तामाङको प्रश्न प्रधानमन्त्री शाहसँग भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठको शिष्टाचार भेट साउनमा श्रमिकलाई १ करोड ४० लाख रुपैयाँभन्दा बढी पारिश्रमिक भुक्तानी राहदानी विधेयकमाथि सांसदहरूको संशोधन प्रश्तावः कुटनीतिक राहदानीको दुरुपयोग रोक्न र लैङ्गिक विभेद हटाउन माग किसानलाई २५ दिनभित्र दुधको भुक्तानी दिने व्यवस्था गर्दैछौँः कृषिमन्त्री चौधरी भारतीय स्थलसेना प्रमुख जनरल सेठ प्रधानमन्त्री बालेनलाई भेट्न सिंहदरबार पुगे
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल–फिलिपिन्सबीचको फुटबल आज



अ+ अ-

काठमाडौँ, ३ असोजः एएफसी यू–१६ महिला च्याम्पियनसिप फुटबलमा नेपाल र फिलिपिन्स भिड्दैछन् । आगामी वर्ष थाइल्याण्डमा हुने एएफसी यु–१६ महिला च्याम्पियनसिपको पहिलो चरणमा समूह ‘इ’को छनोट खेलमा नेपालले आज फिलिपिन्ससँग प्रतिस्पर्धा गर्न लागेको हो । शसस्त्र प्रहरी बलको हल्चोकस्थित मैदानमा दिउँसो ३ ः३० बजे खेल हुनेछ ।

पहिलो चरणमा विभिन्न चार टोलीले प्रतिस्पर्धा गर्दैछन् । जसमा घरेलु टोली नेपालसहित फिलिपिन्स, म्यानमा र मलेसिया छन् । उक्त प्रतियोगिताको खेल हल्चोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा हुनेछ ।

नेपालले दोस्रो खेलमा म्यानमासँग शुक्रबार खेल्नेछ । छनोटको अन्तिम खेलमा नेपालले मलेसियासँग आगामी आइतबार खेल्नेछ । समूहको शीर्ष दुई टोलीले अर्को वर्ष थाइल्याण्डमा हुने एएफसी यू–१६ महिला च्याम्पियनसिपको यात्रा तय गर्नेछन् । फाइनल चरणमा आठ टोलीले खेल्नेछन् । आयोजक थाइल्याण्डसहित, जापान, दक्षिण कोरिया र उत्तर कोरिया फाइनल चरणको लागि यसअघि नै छनोट भइसकेका छन् ।

खुला राष्ट्रिय ब्याड्मिण्टनको तेस्रो संस्करण शुरु

ज्येष्ठ ब्याड्मिण्टन एकेडेमीले आयोजना गर्दै आएको ज्येष्ठ खुला राष्ट्रिय ब्याड्मिण्टनको तेस्रो संस्करण आजदेखि शुरु भएको छ । चार दिनसम्म बसुन्धारास्थित एकेडेमीको आफ्नै कोर्टमा सञ्चालन हुने प्रतियोगितामा विभिन्न नौ विधामा प्रतिस्पर्धा गराइने एकेडेमीले जनाएको छ ।

प्रतियोगिताअन्तर्गत पुरुष र महिला एकल खुला, पुरुष युगल खुला र पुरुष युगल टप २०, यू–१५ महिला र पुरुष खुला, मिश्रित युगल खुला, मास्टर ३५ वर्षमाथि र मास्टर ४५ वर्षमाथि प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा कूल पुरस्कार राशि रु तीन लाख ८० हजार छ । नौ वटै विधामा पहिलोदेखि तेस्रो हुनेले पुरस्कार प्राप्त गर्नेछन् ।

पुरुष एकलको विजेताले रु ३० हजार, दोस्रो हुनेले रु १५ र तेस्रोले रु १० हजार प्राप्त गर्नेछन् । यस्तै महिला एकल, पुरुष युगल खुल्ला र पुरुष युगल टप २० बरियताबाहेकको विजेताले समान रु २५ हजार प्राप्त गर्नेछन् । मास्टर ३५ वर्षमाथि, मास्टर ४५ वर्षमाथि र मिश्रित युगल खुलाको विजेताले समान रु २० हजार र यू–१५ महिला र पुरुषको विजेताले १६÷१६ हजार पाउनेछन् ।