• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo
Latest
★   ‘मिर्जापुर’ सिरिजमा देखिएका यी स्टारहरुको मृत्यु, एक जनाको शव बाथरुममा सडेको भेटिएको थियो ★   कार्यदलले प्रधानमन्त्रीलाई बुझायो ‘फौजदारी न्याय प्रशासन सुधार अध्ययन तथा सुझाव प्रतिवेदन २०८१’ सम्बन्धी प्रतिवेदन ★   सोमबारदेखि सरकारी खाता रोक्का, चालु आवको भुक्तानी हुने अन्तिम दिन पनि सोमबार ★   एकै दिन ३४ लाख बाढीसम्बन्धी एसएमएस सम्प्रेषण ★   राष्ट्रपति पौडेलद्वारा जगन्नाथ रथ यात्राको शुभारम्भ ★   कुन देशमा जागिरेले थाप्छन् सबैभन्दा धेरै तलब ? ★   क्यान्टनमेण्ट घोटालाको फाइल खोल्न गृहमन्त्रीलाई प्रमुख सचेतक शाहीको आग्रह ★   काँग्रेस–एमालेबिचको सहमती अपारदर्शी छ, स्थिरता दिँदैन: सांसद सापकोटा ★   प्रधानमन्त्री पुष्पकमल दाहाललाई समर्थन नगर्न रास्वपालाई एमाले सचिव भट्टराईको आग्रह ★   चित्रबहादुर केसीको प्रश्न: काँग्रेस–एमाले सहकार्य भुटानी शरणार्थी र गिरिबन्धु टिस्टेट प्रकरणबाट चोखिनका लागि हो ?

जाउलाखेललाई महिला ह्विलचियर बास्केटबलको उपाधि



काठमाडौं । जाउलाखेल ह्विलचियर स्पोर्ट्स क्लबले वडा कप महिला ह्विलचियर बास्केटबलको उपाधि जितेको छ ।

राष्ट्रिय अपांग महिला समाजको आयोजनामा ज्ञानेश्वरस्थित ग्यालेक्सी पब्लिक स्कुलमा बिहीबार सम्पन्न फाइनलमा जाउलाखेलले ह्विलचियर स्पोर्ट्स एसोसिएसन (डब्ल्युएसए) लाई ११–८ को स्कोरमा पराजित गर्दै उपाधि हात पारेको हो ।
जाउलाखेलले उपाधिसँगै १५ हजार रुपैयाँ प्राप्त गर्यो भने उपविजेता डब्लुएसएले १० हजारमा रुपैयाँमा चित्त बुझायो । प्रतियोगिताको पहिलो सेमिफाइनलमा जाउलाखेलले विइनलाई १८–२ को फराकिलो स्कोरमा पराजित गर्दै फाइनमा स्थान बनाएको थियो । दोस्रो सेमिफाइनलमा डब्ल्युएसएले बीआईएलाई १२–६ को स्कोरमा पराजित गर्दै जाउलाखेलसँगको भेट पक्का गरेको हो ।

प्रतियोगितामा चार टोलीको सहभागिता रहेको थियो । तेस्रो स्थानको लागि भएको प्रतिस्पर्धामा विइनलाई ४–० को स्कोरमा पराजित गर्दै बीआईएले पाँच हजार रुपैयाँ पायो । प्रतियोगितामा टप स्कोरर डब्ल्युएसएकी ज्योति अर्याल घोषित भइन् । उनले फाइनलमा ६ स्कोर गरिन् । मोस्ट भ्यालुएबल प्लेयर जाउलाखेलकी बबिता थापा चुनिइन् । उनीहरूले समान एक हजार रुपैयाँ र ट्रफी हात पारे ।

प्रतियोगिता समापन समारोहमा काठमाडौं महानगरपालिका ३० का वडाअध्यक्ष दलबहादुर कार्की, ग्यालेक्सी स्कुलकी प्रधानाध्यापक सुरिना गुरुङ, राष्ट्रिय अपांग महिला समाजकी अध्यक्ष देवी आचर्यालगायतको उपस्थिति रहेको थियो । प्रतियोगिता सम्पन्न गर्न काठमाडौं महानगरपालिका ३० ले विषेश सहयोग गरेको थियो ।