• २२ असार २०८१, शनिबार
  •      Sat Jul 6 2024
  •   Unicode
Logo

आँधीको कारण बार्बाडोसमै फसेका विश्वकप विजेता भारतीय टोली स्वदेश फर्कियो



एजेन्सी । आईसीसी टी-२० विश्वकप २०२४ को उपाधि जितेको भारतीय टोली स्वदेश फर्किएको छ।

बेरील आँधीका कारण बार्बाडोसको विमानस्थल बन्द भएपछि भारतीय टोली बिहीबार विहान ६ दिनपछि स्वदेश फर्किएको हो।

दिल्ली एयरपोर्टमा टोलीको भव्य स्वागत गरिएको थियो।स्वागतका लागि विमानस्थलमा फ्यानहरू पहिलेदेखि नै उपस्थित थिए।

टोली एयरपोर्टबाट दिल्लीको आईटीसी मौर्य होटल पुगेको छ। भारतीय टोलीले आजै दिउँसो प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्ने कार्यक्रम रहेको भारतीय मिडियाले जनाएका छन्।

 

कप्तान रोहित शर्माले ट्वीट गर्दै जुन ४ मा साँझ ५ बजेदेखि टोलीले मुम्बईको मरिन ड्राइभ र वानखेडे स्टेडियममा विजयको उत्सव मनाउने परेड निकाल्ने जानकारी दिएका छन्।

जुन २९ मा भएको फाइनल खेलमा भारतले दक्षिण अफ्रिकालाई ७ रनले पराजित गरेको थियो। रोहित शर्माको कप्तानीमा भारतले १७ वर्षपछि टी–२० विश्वकप जितेको हो।