२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारत-अफगानिस्तान क्रिकेट राेमाञ्चक, खेल बराबर



अ+ अ-

दुबइ, १० असाेज – भारत र अफगानिस्तानबीच मंगलबार राति भएकाे क्रिकेट प्रतिस्पर्धा बराबरीमा सकिएकाे छ । एसिया कप क्रिकेट अन्तरगतकाे यस खेलमा दुवै टिमले समान २५२ रन बनाएका थिए ।

निकै राेमाञ्चक देखिएकाे यस खेलमा टस जितेर पहिले ब्याटिङ गरेकाे अफगानिस्तानले निर्धारित ५० अाेभरमा ८ विकेट गुमाएर २५२ रन बनाएकाे थियाे । अफगानिस्तानका लागि माेहम्मद साहजादले सर्वाधिक १२४ रन बनाएका थिए । अर्का खेलाडी माेहम्मद नबीले पनि ६४ रनकाे महत्वपूर्ण पाली खेलेका थिए ।

जवाफमा २५३ रनकाे मध्यम लक्ष्य लिएर मैदानमा उत्रिएकाे भारतले राम्राे सुरूवात गरेकाे थियाे । एसिया कपका लागि कप्तान ताेकिएका राेहित शर्मा र अाेपनिङ ब्याट्सम्यान शिखर धवन बेगर मैदानमा उत्रिएकाे भारतका लागि केएल राहुल र अम्बाटी रायडूले प्रारम्भिक ब्याट्सम्यानका रूपमा भूमिका निर्वाह गरेका थिए ।

भारतले ४९.५ अाेभरमा अलअाउट हुँदै २५२ रनमात्र बनाएकाे थियाे ।

याे बराबरीसँगै भारत सुपर ४ काे अंक तालिकामा सबैभन्दा माथि पुगेकाे छ ।

सुपर ४ काे नतिजा

१. भारत (५ अंक)

२. पाकिस्तान (२ अंक)

३. बंगलादेश (२ अंक)

४. अफगानिस्तान (१ अंक)

अाज बंगलादेश र पाकिस्तानबीच अबुधाबीमा खेल हुनेछ । यी दुइमध्येकाे विजयी टाेली फाइनल खेलका लागि छनाैट हुनेछ ।

फाइनल खेल भारत एवं बंगलादेश वा पाकिस्तानबीचकाे विजयीसँग यही शुक्रबार दुबइमा हुनेछ ।




भर्खरै