२७ मंसिर २०८२, शनिबार
,
Latest
एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित एनपिएल उपाधि भिडन्त: पावरप्लेमा सुदूरपश्चिमले तीन विकेट गुमायो जेन—जी आन्दोलनले मुलुकलाई गम्भीर समस्यामा धकेल्योः पूर्णबहादुर खड्का युवापुस्तालाई राज्यको मूल प्रवाहमा जोड्नुपर्ने नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवः छोङछिङ महानगरमा विविध सांस्कृतिक कार्यक्रम म ढुक्कले भन्न सक्छु–एमाले अजम्बरी छ: ओली एमालेसँग बहुमत ल्याउने ल्याकत छ, चुनावबाट भाग्दैनः ओली एनपीएल फाइनल: सुदूरपश्चिम टस जितेर ब्याटिङमा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन- फोटो फिचर अमेरिकामा मौसमी फ्लु प्रकोपः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारत-अफगानिस्तान क्रिकेट राेमाञ्चक, खेल बराबर



अ+ अ-

दुबइ, १० असाेज – भारत र अफगानिस्तानबीच मंगलबार राति भएकाे क्रिकेट प्रतिस्पर्धा बराबरीमा सकिएकाे छ । एसिया कप क्रिकेट अन्तरगतकाे यस खेलमा दुवै टिमले समान २५२ रन बनाएका थिए ।

निकै राेमाञ्चक देखिएकाे यस खेलमा टस जितेर पहिले ब्याटिङ गरेकाे अफगानिस्तानले निर्धारित ५० अाेभरमा ८ विकेट गुमाएर २५२ रन बनाएकाे थियाे । अफगानिस्तानका लागि माेहम्मद साहजादले सर्वाधिक १२४ रन बनाएका थिए । अर्का खेलाडी माेहम्मद नबीले पनि ६४ रनकाे महत्वपूर्ण पाली खेलेका थिए ।

जवाफमा २५३ रनकाे मध्यम लक्ष्य लिएर मैदानमा उत्रिएकाे भारतले राम्राे सुरूवात गरेकाे थियाे । एसिया कपका लागि कप्तान ताेकिएका राेहित शर्मा र अाेपनिङ ब्याट्सम्यान शिखर धवन बेगर मैदानमा उत्रिएकाे भारतका लागि केएल राहुल र अम्बाटी रायडूले प्रारम्भिक ब्याट्सम्यानका रूपमा भूमिका निर्वाह गरेका थिए ।

भारतले ४९.५ अाेभरमा अलअाउट हुँदै २५२ रनमात्र बनाएकाे थियाे ।

याे बराबरीसँगै भारत सुपर ४ काे अंक तालिकामा सबैभन्दा माथि पुगेकाे छ ।

सुपर ४ काे नतिजा

१. भारत (५ अंक)

२. पाकिस्तान (२ अंक)

३. बंगलादेश (२ अंक)

४. अफगानिस्तान (१ अंक)

अाज बंगलादेश र पाकिस्तानबीच अबुधाबीमा खेल हुनेछ । यी दुइमध्येकाे विजयी टाेली फाइनल खेलका लागि छनाैट हुनेछ ।

फाइनल खेल भारत एवं बंगलादेश वा पाकिस्तानबीचकाे विजयीसँग यही शुक्रबार दुबइमा हुनेछ ।