३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल News Polar युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन News Polar नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील–विद्यादेवी भण्डारी News Polar होर्मुजमा तेलवाहक जहाजमाथि आक्रमण गरेको इरानको दाबी News Polar आर्थिक संकटबिच बोलिभियाले आईएमएफको एक दशमलव नौ अर्ब डलर ऋण लिने News Polar बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग News Polar खेलाडीको समस्या समाधान गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गर्छ- मुख्यमन्त्री थापा News Polar संविधानतः सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छ– मुख्यमन्त्री शाही News Polar परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने News Polar संविधान दिवसमा काठमाडौं शिक्षालयको साइकल र्‍याली News Polar रोबोटिक्स कोडिङ एआई’ अन्तरराष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु News Polar संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ? News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज

राजधानी अन्यत्रै सार्ने भएपछि धनगढीबासी आमहडतालमा

राजधानी अन्यत्रै सार्ने भएपछि धनगढीबासी  आमहडतालमा
अ+ अ-

आज बिहानैदेखि धनगढीबासी आमहडतालमा उत्रिएका छन् । प्रदेश ७ को राजधानी कैलालीको गोदावरी प्रस्ताव गरिएको विरोधमा धनगढीबासी आमहडतालमा उत्रिएका हुन् ।

धनगढी नगरबासीले आज बिहीबार एक दिनका लागि आम हडताल आह्वान गर्दै प्रदेश ७ सरकारले गरेको निर्णयको खुलेर विरोध गरेका छन् ।

यसअघि सरकारले कैलाली सदरमुकाम धनगढीलाई अस्थायी राजधानी तोकेको थियो । प्रदेश सभाले प्रदेशको नाम र स्थायी राजधानीबारे सुझाव दिन समिति गठन गरेको थियो । गठित समितिले प्रदेशको नाम सुदूरपश्चिम र स्थायी राजधानी गोदावरी नगरपालिका वडानम्बर ४ मा राख्न सुझाव दिएपछि धनगढीबासी आन्दोलनमा उत्रिएका हुन् । यद्यपि यस विषयमा भने प्रदेशसभामा छलफल जारी छ ।

दशैंको मुखमा आएर आमहडताल गर्दा सर्वसाधारणले सास्ती पाएका छन् भने बजार, यातायात, उद्योग कलकारखाना, शिक्षण संस्था सबै ठप्प छन् ।

उनिहरुले बुधबार प्रदेश सभा भवन अगाडि टायर बालेर प्रदर्शनसमेत गरेका थिए । प्रदर्शनमा धनगढी नगरपालिकाका मेयर एवम् कांग्रेस नेता नृप वड पनि सहभागी भएका थिए । उनिहरुले एक विज्ञप्ती जारी गर्दै ‘वन माफिया र भूमाफियाको प्रभावमा परी दुई तिहाइको दम्भबाट ग्रसित’ सुझाव संकलन समितिको प्रस्ताव तत्काल फिर्ता लिन प्रदेशसभालाई चेतावनी समेत दिएका छन् ।