१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजधानी अन्यत्रै सार्ने भएपछि धनगढीबासी आमहडतालमा



अ+ अ-

आज बिहानैदेखि धनगढीबासी आमहडतालमा उत्रिएका छन् । प्रदेश ७ को राजधानी कैलालीको गोदावरी प्रस्ताव गरिएको विरोधमा धनगढीबासी आमहडतालमा उत्रिएका हुन् ।

धनगढी नगरबासीले आज बिहीबार एक दिनका लागि आम हडताल आह्वान गर्दै प्रदेश ७ सरकारले गरेको निर्णयको खुलेर विरोध गरेका छन् ।

यसअघि सरकारले कैलाली सदरमुकाम धनगढीलाई अस्थायी राजधानी तोकेको थियो । प्रदेश सभाले प्रदेशको नाम र स्थायी राजधानीबारे सुझाव दिन समिति गठन गरेको थियो । गठित समितिले प्रदेशको नाम सुदूरपश्चिम र स्थायी राजधानी गोदावरी नगरपालिका वडानम्बर ४ मा राख्न सुझाव दिएपछि धनगढीबासी आन्दोलनमा उत्रिएका हुन् । यद्यपि यस विषयमा भने प्रदेशसभामा छलफल जारी छ ।

दशैंको मुखमा आएर आमहडताल गर्दा सर्वसाधारणले सास्ती पाएका छन् भने बजार, यातायात, उद्योग कलकारखाना, शिक्षण संस्था सबै ठप्प छन् ।

उनिहरुले बुधबार प्रदेश सभा भवन अगाडि टायर बालेर प्रदर्शनसमेत गरेका थिए । प्रदर्शनमा धनगढी नगरपालिकाका मेयर एवम् कांग्रेस नेता नृप वड पनि सहभागी भएका थिए । उनिहरुले एक विज्ञप्ती जारी गर्दै ‘वन माफिया र भूमाफियाको प्रभावमा परी दुई तिहाइको दम्भबाट ग्रसित’ सुझाव संकलन समितिको प्रस्ताव तत्काल फिर्ता लिन प्रदेशसभालाई चेतावनी समेत दिएका छन् ।