• १ असार २०८१, शनिबार
  •      Sat Jun 15 2024
  •   Unicode
Logo
Latest
★   सूचना प्रविधि विकास गर्न सरकारले उच्च प्राथमिकता दिएको छः अर्थमन्त्री पुन ★   प्रधानमन्त्रीलाई किन प्रधानमन्त्री बनेको हुँ भन्ने नै थाहा छैनः महामन्त्री थापा ★   भारतद्वारा प्यूठानमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको शिलान्यास ★   क्रान्तिकारीहरूले ‘पुजार सार्की’ हेरेर आफूलाई समीक्षा गर्नुस्ः राजेन्द्र लिङ्देन ★   आईपीएल टोलीहरुले गरे नेपाली टिमको प्रशंसा ★   देशमा केही नराम्रो नगर्नु नै अहिलेका लागि सबैभन्दा राम्रो गर्नु होः उपप्रधानमन्त्री लामिछाने ★   पुरानो पार्टीका भद्दा नक्कल गर्न भएन भन्नेमा हामी सचेत छौँ – उपसभापति वाग्ले ★   ‘खल्तीमा राजीनामा पत्र बोकेर हिँडेका छौँ, सरकारलाई दिएको समर्थनबारे समीक्षा गर्ने बेला भयो’ ★   अमेरिका २०२६ विश्वकपका लागि सिधै छनोट ★   एमसिसीअन्तर्गत बन्ने रातमाटे सबस्टेसनको ठेक्का लाग्यो

नेपाल–चीन संयुक्त उर्जा बैठक सम्पन्न



काठमाडौंमा सम्पन्न दुई देशका उच्च अधिकारी सम्मिलित ऊर्जा संयन्त्रको पहिलो बैठक सम्पन्न भएको छ । बैठकले नेपाल र चीनबीच भएको ‘इनर्जी को–अपरेसन’ अर्थात् ऊर्जा विकास सहकार्यका लागि ‘को–अपरेसन प्लान’ बनाएर अघि बढ्ने निर्णय गरेको हो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता दिनेशकुमार घिमिरेले घटना र बिचारसँग कुरा गर्दै विद्युत विकासमा सहकार्य तथा लगानीका लागि सहजीकरण गर्न कार्ययोजना तयार गरेर एकसाथ अघि बढ्ने जानकारी दिए । उनका अनुसार बैठकमा विद्युत बजार तथा भावी योजना र ऊर्जामा लगानीको अवस्थाबारे पनि छलफल भएको थियो । ‘ऊर्जा साझेदारी, अन्तरदेशीय प्रसारण लाइन आवद्धताको सम्भावना र दुवै देशको आर्थिक सहकार्यमा पनि छलफल केन्द्रीत थियो ।’ प्रवक्ता घिमिरेले भने, ‘संयुक्त कार्य दल गठन गर्ने र एक महिनभित्र योजना बनाएर काम गर्ने निर्णय भएको छ ।’
गत असार ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका बेला ऊर्जा विकास सहकार्यमा समझदारी भएको थियो भने असार ७ गते ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन र उनका चिनियाँ समकक्षी नुर बैकेलीबीच समझदारीपत्रमा हस्ताक्षर भएको थियो । सोही एजेण्डालाई कार्यन्वयन गर्नका लागि संयुक्त बैठक बसिएको ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव अनुपकुमार उपाध्यायले जानकारी दिए । उनका अनुसार सोही समझदारी अनुसार दुवै देशले संयुक्त कार्यान्वयन संयन्त्र बनाउने सहमति भएको थियो । नेपालतर्फ ७ सदस्यीय संयन्त्र बनेको छ । संयन्त्रमा मन्त्रालयका सहसचिव ऊर्जा महाशाखा, कानुन महाशाखा तथा परराष्ट्र मन्त्रालयका चीन महाशाखाका सहसचिव, विद्युत विकास विभागका महानिर्देशक, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक छन् । यस्तै, सदस्य सचिवमा मन्त्रालयकै सिडिई बाबुराज अधिकारी छन् । संयन्त्रको दास्रो बैठक चीनमा हुने तय भएको छ ।