२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता News Polar कांग्रेस सभापतिमा गगन थापा विजयी News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन News Polar वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ News Polar सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा विष्ट नियुक्त News Polar कानूनमन्त्री सोविता गौतम र फ्रान्सेली राजदूत इन्जाबीच शिष्टाचार भेटवार्ता

नेपाल–चीन संयुक्त उर्जा बैठक सम्पन्न

नेपाल–चीन संयुक्त उर्जा बैठक सम्पन्न
अ अ+ अ-

काठमाडौंमा सम्पन्न दुई देशका उच्च अधिकारी सम्मिलित ऊर्जा संयन्त्रको पहिलो बैठक सम्पन्न भएको छ । बैठकले नेपाल र चीनबीच भएको ‘इनर्जी को–अपरेसन’ अर्थात् ऊर्जा विकास सहकार्यका लागि ‘को–अपरेसन प्लान’ बनाएर अघि बढ्ने निर्णय गरेको हो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता दिनेशकुमार घिमिरेले घटना र बिचारसँग कुरा गर्दै विद्युत विकासमा सहकार्य तथा लगानीका लागि सहजीकरण गर्न कार्ययोजना तयार गरेर एकसाथ अघि बढ्ने जानकारी दिए । उनका अनुसार बैठकमा विद्युत बजार तथा भावी योजना र ऊर्जामा लगानीको अवस्थाबारे पनि छलफल भएको थियो । ‘ऊर्जा साझेदारी, अन्तरदेशीय प्रसारण लाइन आवद्धताको सम्भावना र दुवै देशको आर्थिक सहकार्यमा पनि छलफल केन्द्रीत थियो ।’ प्रवक्ता घिमिरेले भने, ‘संयुक्त कार्य दल गठन गर्ने र एक महिनभित्र योजना बनाएर काम गर्ने निर्णय भएको छ ।’
गत असार ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका बेला ऊर्जा विकास सहकार्यमा समझदारी भएको थियो भने असार ७ गते ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन र उनका चिनियाँ समकक्षी नुर बैकेलीबीच समझदारीपत्रमा हस्ताक्षर भएको थियो । सोही एजेण्डालाई कार्यन्वयन गर्नका लागि संयुक्त बैठक बसिएको ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव अनुपकुमार उपाध्यायले जानकारी दिए । उनका अनुसार सोही समझदारी अनुसार दुवै देशले संयुक्त कार्यान्वयन संयन्त्र बनाउने सहमति भएको थियो । नेपालतर्फ ७ सदस्यीय संयन्त्र बनेको छ । संयन्त्रमा मन्त्रालयका सहसचिव ऊर्जा महाशाखा, कानुन महाशाखा तथा परराष्ट्र मन्त्रालयका चीन महाशाखाका सहसचिव, विद्युत विकास विभागका महानिर्देशक, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक छन् । यस्तै, सदस्य सचिवमा मन्त्रालयकै सिडिई बाबुराज अधिकारी छन् । संयन्त्रको दास्रो बैठक चीनमा हुने तय भएको छ ।