२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता News Polar कांग्रेस सभापतिमा गगन थापा विजयी News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन News Polar वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ News Polar सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा विष्ट नियुक्त News Polar कानूनमन्त्री सोविता गौतम र फ्रान्सेली राजदूत इन्जाबीच शिष्टाचार भेटवार्ता

आत्मरक्षाका लागि महिलाहरू सातदिने तालिममा सहभागी

आत्मरक्षाका लागि महिलाहरू सातदिने तालिममा सहभागी
अ अ+ अ-

कैलालीः  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले समाजमा हुने महिला हिंसाका घटनामा कमी ल्याउन महिला स्वयम तयार हुनु जरुरी रहेको बताउनुभएको छ ।

राष्ट्रिय गोजुरियो कराते दो सङ्घ नेपालले आज धनगढीमा आयोजना गरेको महिलाका लागि सातदिने आत्मरक्षा शिविरको उद्घाटन गर्नुहुँदै उहाँले भन्नुभयो, “आधा धर्ती र आधा आकाश ओगटेर बसेका महिला जो आज समाजमा पीडित छन्, उपेक्षित छन्, हिंसामा छन्, तीनै महिलाको स्वाभिमान र आत्मरक्षा जोगाउन दृढ भएर लाग्न आवश्यक छ ।”

समारोहमा सामाजिकमन्त्री दीर्घबहादुर सोडारीले महिला हिंसा न्यूनीकरणका लागि सामाजिक न्यायसहितको समाज निर्माणमा प्रदेश सरकारबाट अधिकतम प्रयत्न गरिने बताउनुभयो ।

राष्ट्रिय गोजुरियो कराते दो सङ्घ नेपालका केन्द्रिय महासचिव प्रकाशकुमार चन्दले महिलाको लागि सात दिने आत्मरक्षाको तालिमबाट महिलामा आत्मविश्वासको अभिवृद्धि भई बलात्कार र हिंसाजस्ता अपराधिक घटनामा कमी आउने विश्वास व्यक्त गर्नुभयो ।

यो आत्मरक्षा शिविर सुदूरपश्चिमको धनगढीबाट आजदेखि शुरु भई असोज २६ गते प्रदेश नं १ को बिर्तामोडमा समापन गरिने जनाइएको छ । आत्मरक्षा तालीममा सहभागीका लागि करीब एक हजार ७०० भन्दा महिला तथा बालबालिकाले फाराम भरेका छन् ।