३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

मोबाइल फोन र सोसल मिडिया प्रयोगमा भारतलाई जित्यो नेपालले !

मोबाइल फोन र सोसल मिडिया प्रयोगमा भारतलाई जित्यो नेपालले !
अ+ अ-

१८ असोज, काठमाडौं । मोबाइल र सामाजिक सन्जालको प्रयोगमा नेपालीले भारतीयलाई जितेका छन् । प्रतिशतका आधारमा हेर्दा पछिल्लो सर्वेक्षणले भारतीय भन्दा नेपाली जनता प्रबिधिको प्रयोगमा अगाडि देखिएका छन् ।

बिहीबार ललितपुरमा सार्वजनिक गरिएका १८ देशका करिब ४० हजार सर्वसाधारणमा गरिएको सर्वेक्षणले नेपालको कुल जनसंख्याको दुई तिहाई जनता मोइबाइल र इन्टरनेट सेवा प्रयोगकर्ता रहेको देखाएको छ ।

आईडीआरसी, सीआरडीआईलगायतका संस्थाले गरेको सर्वेक्षणमा ७२ प्रतिशत नेपालीसँग मोबाइल फोन रहेको पाइएको छ । जबकी डेक्सटप कम्प्युटर र ल्यापटप प्रयोगकर्ता भने ५ प्रतिशतमात्र छन् ।

सर्वेक्षण गरिएकामध्ये सबैभन्दा बढी मोबाइल प्रयोगकर्ता अर्जेन्टिनामा ९२ प्रतिशत रहेका छन् । जबकी नेपालको छिमेकी विशाल मुलुक भारतमा ६१ प्रतिशत जनतासँगमात्र मोबाइल छ । यो नेपालभन्दा ११ प्रतिशतले कम हो ।

नेपालमा मोबाइल प्रयोगकर्ता शहरकामात्र होइन गाउँका जनता पनि लगभग उत्तिकै छन् । सर्वेक्षणका अनुसार शहरी क्षेत्रमा ७६ प्रतिशतसँग मोबाइल छ भने गाउँमा ६५ प्रतिशतको हातमा मोबाइल छ ।

नेपालमा ८० प्रतिशत पुरुष र ६५ प्रतिशत महिलाले मोबाइल प्रयोग गरिरहेको सर्वेक्षणले देखाएको छ । भारतमा भने ४३ प्रतिशत महिलाले मात्र मोबाइल प्रयोग गरिरहेका छन् ।
अझ रोचक तथ्यांक चाहिँ के छ भने, नेपालमा सून्य आय भएका ६५ प्रतिशतसँग मोबाइल फोन छ । यसको कारण भनेको परिवारका सदस्य वैदेशिक रोजगारी र शहरी क्षेत्रमा हुनु र उनीहरुले घरमा कुरा गर्नका लागि मोबाइल उपलव्ध गराउनु रहेको हुनसक्ने विज्ञहरुको तर्क छ ।

मोबाइल प्रयोगकर्ता नेपालीमध्ये ५२ प्रतिशतसँग स्मार्टफोन छ भने ४० प्रतिशतसँग कुरामात्र गर्न मिल्ने आधारभूत फोन छ । जबकी स्मार्ट फोन उत्पादन हुने भारतमा भने २८ प्रतिशतसँगमात्र स्मार्टफोन रहेको सर्वेक्षणमा देखिएको छ ।

स्मार्टफोन प्रयोगकर्तामध्ये ४७ प्रतिशत ग्रामिण भेगका छन् । तीमध्ये करीव ६५ प्रतिशत इन्टरनेटको पहुँचमा छन् । ६० प्रतिशत नेपालीको पहुँच सामाजिक सन्जालमा रहेको छ । तीमध्ये ५८ प्रतिशतले सामाजिक सञ्जालमार्फत समाचार पढ्ने र हेर्ने गर्छन् ।

नेपालमा ७७ जिल्लाका २ हजार परिवारमा पुगेर अन्तर्राष्ट्रिय विधिअनुसार सर्वेक्षण गरिएको सेन्टर फर ल एण्ड टेक्नोलोजीका अध्यक्ष बाबुराम अर्यालले जानकारी दिए । यसक्रममा १५ देखि ६५ वर्ष उमेर समूहका ३८ हजार व्यक्तिसँग कुराकानी गरिएको थियो ।