३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

फेसबुकमाथि ह्याकरको हमला, ९ करोड प्रयोगकर्ता प्रभावित

फेसबुकमाथि ह्याकरको हमला, ९ करोड प्रयोगकर्ता प्रभावित
अ+ अ-

सोसल मिडिया साइट फेसबुकका झण्डै ९ करोड प्रयोगकर्ता ह्याकरको निसानामा परेका छन् ।

फेसबुकमा एक गम्भीर सुरक्षा त्रुटी देखापरेको र त्यसबाट ९ करोड प्रयोगकर्ता प्रभावित भएको फेसबुकले शुक्रबार जनाएको छ । यद्यपि, यो समस्या मंगलबार देखिएको र समाधान भैसकेको पनि फेसबुकले जनाएको छ ।

ह्याकरहरुले फेसबुकको View As फिचरको दुरुपयोग गरी प्रयोगकर्ताका डाटा लिक गरिदिएका छन् । फेसबुकको यो फिचरले प्रयोगकर्तालाई आफ्नो प्रोफाइल अरुले हेर्दा कस्तो देखिन्छ भन्ने कुराको प्रारुप देखाइदिन्छ ।

समस्या समाधानका लागि फेसबुकले ९ करोड प्रयोगकर्ताको लगइन रिसेट गरिदिएको छ । जसका कारण ती प्रयोगकर्ताको अकाउन्ट स्वतः लगआउट भएको छ र उनीहरुले पुनः लगइन गर्नुपरेको छ । पछिल्लो वर्षमा भ्यूजएज फिचर प्रयोग गरेका जुनसुकै प्रयोगकर्ताको अकाउन्टको लगइन रिसेट गरिएको हो ।

पछिल्लो साइबर हमला कसले र कहाँबाट गरेको भन्ने विषयमा जानकारी प्राप्त भैनसकेको फेसबुकले जनाएको छ ।

पछिल्लो समय साइबर सुरक्षा सम्बन्धी समस्याहरुसँग जुध्दै आएको फेसबुकका लागि यो ह्याकिङ अर्को टाउको दुखाईको विषय बनेको छ ।

पछिल्लो ह्याकिङको घटनासँगै फेसबुकले अनुसन्धान टुंगोमा नपुगुन्जेल सम्मका लागि भन्दै भ्यूज एज फिचरलाई अस्थायी रुपमा बन्द गर्दैछ ।

हाल प्रारम्भिक अनुसन्धानको काम भैरहेको र फेसबुकका के कति प्रयोगकर्ताको अकाउन्ट ह्याक भए नभएको विषयमा थाहा भै नसकेको फेसबुकले जनाएको छ ।

यद्यपि, अहिले समस्या समाधान भइसकेको हुँदा प्रयोगकर्ताहरुले आफ्नो पासवर्ड परिवर्तन गर्नुनपर्ने पनि फेसबुकले बताएको छ ।

एजेन्सी