![](https://newspolar.com/wp-content/uploads/2022/03/94925366_1310845455776772_2074806809872302080_n.jpg)
लखनउ, २० कात्तिक । भारत भ्रमणमा रहेकाे वेस्ट इन्डिजकाे टाेलीले एकपछि अर्काे लज्जास्पद हार व्यहाेरिरहेकाे छ । पछिल्लाेपटक दाेस्राे टीट्वान्टीमा ७१ रनकाे भारी अन्तरले भारत विजयी भएकाे छ ।
भारतकाे लखनउमा भएकाे दाेस्राे टीट्वान्टी क्रिकेट खेलमा भारतले पहिले ब्याटिङ गर्दै २ विकेट गुमाएर १९५ रन बनाएकाे थियाे ।
भारतका लागि कप्तान राेहित शर्माले १११ रनकाे अविजित पाली खेलेका थिए । उनले ७ छक्का र ८ चाैका प्रहार गरेका थिए ।
जितका लागि १९६ रनकाे लक्ष पाएकाे वेस्ट इन्डिजले १२४ रन मात्र बनाएकाे थियाे ।
अब दुवै टीमबीच तेस्राे टीट्वान्टी खेल हुनेछ ।