३० श्रावण २०८३, शनिबार
,
Latest
पोखराको विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता यातायात व्यवस्था कार्यालयद्वारा ५८ करोड ५३ लाखभन्दा बढी राजस्व संकलन सरकार र शैक्षिक परामर्श व्यवसायीबीचको वार्ता चाँडै निष्कर्षमा पुग्ने विश्वास रोकिराखेको बस आफैँ गुड्दा दुर्घटना, दुई तीर्थयात्रीको मृत्यु यसरी धराशायी बनाइयो उदयपुर सिमेन्ट उद्योग नेपाल टेलिकमको खुद मुनाफा ४७.५८ प्रतिशतले बढ्यो विद्युत निर्यातको लागी नियामकीय तथा नीतिगत सुधारलाई एकसाथ अघि बढाउँछौँः मन्त्री श्रेष्ठ प्रधानमन्त्री शाहद्वारा भारतको स्वतन्त्रता दिवसका अवसरमा शुभकामना २४ घण्टामा विपद्बाट १३ जनाको मृत्यु, ५ बेपत्ताः वैशाख यता २२९ जनाले ज्यान गुमाए तयार भयो तर प्रयोगमा आएन कनकाईको विद्युतीय शवदाह गृह
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदको आकस्मिक समय: बलात्कार घटनाको अपराधीलाई कारबाही गर्न माग



अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभा सदस्य शान्ति बि.क.ले बलात्कार घटनाका अपराधीलाई कठोर कानूनी कारबाही गर्न सरकारसँग माग गर्नुभएको छ ।

सोमवारको प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा बोल्दै प्रतिनिधि सभा सदस्य बि.क.ले खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालिका वडा नं. १२ को एक विद्यालयमा शिक्षकले नाबालिकालाई बलात्कार गरेको भन्दै कडा कारबाही गर्न माग गर्नुभएको हो । उहाँले विद्यालय जस्तो पवित्र स्थलमा समेत बालिकाहरु सुरक्षित हुन नसकेका भन्दै कडा कानूनी व्यवस्था गर्नुपर्ने बताउनु भयो । उहाँले पीडितलाई न्याय दिलाउन र समाजमा यस्तो घट्ना नदोहोरिनका लागि सरकारले कडा कदम चाल्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘खोटाङ जिल्ला हलेसी तुवाचुङ नगरपालिका ११ राजापानीस्थित ज्योति मा.वि. पढ्ने १३ वर्षीय बालिका आफू सुरक्षित भएको महशुस गर्न पाइन् त ? आफ्नै शिक्षक ५८ वर्षीय शम्भुप्रसाद घिमिरेजस्तोको गिद्धे नजर स्कुलजस्तो पवित्र थलोमा, शिक्षा क्षेत्रमा बालिकाहरु असुरक्षित छन् भन्ने कुराको आधार प्रमाणित हो । कहिलेसम्म विद्यालय, घर, अफिस, लगायत कुनैपनि क्षेत्रमा म सुरक्षित छु भन्ने त्रास मनमा बोकेर कुदृष्टिको मनोविज्ञानको चुनौतीको अगाडी पितृ सत्तात्मक सोचले गर्दा, महिला बालबालिकाको सुरक्षामा ध्यान नराख्दा, कडा कानूनको प्रावधानहरुको कमी वा कार्यान्वयनमा कमजोरी हुँदा यस्तो गम्भीर अपराधले ठाउँ पाइराखेको छ । यस्तो घटना घटाउने अपराधीलाई कठोर कानुनी कारबाहीको लागि सरकारसँग माग गर्छु । यस्तो जघन्य अपराध गर्ने शिक्षकलाई आजिवन जेल सजाय वा जरिवाना, आजिवन शिक्षण पेशाबाट प्रतिवन्ध लगाउनुपर्छ । पीडितलाई न्याय दिलाउन र समाजमा यस्तो घटना नदोहोरिनका लागि सरकारले कडा कदम चालोस् ।’

प्रतिनिधि सभा सदस्य विनिता कठायतले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ र तरुण दलले हुलदंगा गरेर अशान्ती मच्चाएका भन्दै कानूनी दायरामा ल्याउन माग गर्नुभयो । प्रतिष्ठान घेराउ गर्ने तथा अमर्यादित काम गर्ने गरिएको भन्दै काँग्रेस नेताहरुकै संलग्नतामा अस्पतालको भविष्य धरापमा पारिएको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘युवा र विद्यार्थी देखाएर स्वयं कांग्रेस पार्टीका जुम्ला जिल्ला सचिवको नेतृत्वमा गएको टोलीले प्रतिष्ठानको शान्त वातावरण धमिल्याउन खोज्नु र अशान्ति मच्चाउनु कानुन विपरित कदम हो । यसलाई तत्काल कानूनी दायरामा ल्याउन र सेवामा खटिएका स्वास्थ्यकर्मी, कर्मचारीहरुको सुरक्षा प्रत्याभुति गर्न सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

उहाँले स्वास्थ्यकर्मी र कर्मचारीहरुको सुरक्षा प्रत्याभुति गर्न पनि सरकारको ध्यानाकर्षण गराउनु भयो ।