२० भाद्र २०८३, शनिबार
,
Latest
आज भाद्र कृष्ण नवमी : श्रीकृष्ण रथयात्रा एवं शोभा यात्रा गरिँदै अठार महिनामा सक्नुपर्ने आयुर्वेद भवन पाँच वर्षमा पनि अलपत्रै खेतीयोग्य जमिनमा रुद्राक्ष खेती, आम्दानीको नयाँ बाटो खाद्य सुरक्षा, स्वच्छता र उपभोक्ता अधिकारलाई ध्यान दिन प्रशासनको आग्रह धनकुटा जिल्ला अस्पतालमा रक्तसञ्चार सेवा सुरु दिदीबहिनीलाई तीजको उपहार किनेर राखे, तर गोविन्दले दिन पाएनन् भोटेकोशी बाढी : राहत जुटाउँदै चितवनका स्थानीय पालिका उपत्यका बाहिर ‘बोटलिङ’ गरी खानापकाउने ‘एलपि ग्यास’ ढुवानी गरिँदै आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

आगामी वर्षका लागि चलचित्र क्षेत्रले स्वीकार्ने बजेट तथा कार्यक्रम ल्याउँछु: भुवन केसी



अ+ अ-

काठमाडौँ । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले आगामी वर्षका लागि चलचित्र क्षेत्रले स्वीकार्ने बजेट तथा कार्यक्रम ल्याउने प्रतिवद्धता जनाउनुभएको छ ।

आईतवार नेपाल चलचित्र बोर्डको २४ औं वाषिकोत्सव समारोहमा बोल्दै उहाँले यस्तो प्रतिवद्धता जनाउनुभएको हो । उहाँले आफू बोर्डको नेतृत्वमा अन्तिम चरणमा रहेको भन्दै बोर्डमा नरहे पनि नेपाली चलचित्र क्षेत्रको हक हितका लागि सदैव समर्पित रहने बताउनु भयो ।

उहाँले चलचित्र ऐन छिटो भन्दा छिटो पारित गर्न आग्रह गर्नुभयो । उहाँले आफ्नो कार्यकालमा बोर्डले प्रविधिलाई सँगै लिएर गएको बताउनु भयो । उहाँले चलचित्रकर्मीहरुको क्युआरकोर्ड निर्माण, वाकीटकीको प्रयोग, सञ्चार तथा सूचना प्रविधिको प्रयोगलाई प्रोत्साहित गरेको र चलचित्र छायाङ्कन स्टुडियो निर्माण प्रक्रिया अघि बढेको बतउनु भयो । आफ्नो कार्यकालमा चलचित्रकर्मीहरुको अभिलेख राख्ने कार्य शुरु गरेको र बक्स अफिस प्रणालीको स्तरोन्नति गरिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘म बोर्डको नेतृत्वको अन्तिम चरणमा छु, म बोर्डमा नरहे पनि नेपाली चलचित्र क्षेत्रको हक हितका लागि सदैव समर्पित रहने नै छु । आगामी वर्षका लागि चलचित्र क्षेत्रले स्वीकार्ने बजेट तथा कार्यक्रम ल्याउने प्रयत्न गर्नेछु । चलचित्र ऐन मन्त्रीज्यु र सचिवज्युकै पालामा पास हुन्छ भन्नेमा म विश्वस्त छु । मेरो कार्यकालमा बोर्डले प्रविधिलाई सँगै लिएर गएको छ । चलचित्रकर्मीहरुको क्युआरकोर्ड निर्माण, वाकीटकीको प्रयोग, सञ्चार तथा सूचना प्रविधिको प्रयोगलाई प्रोत्साहित गरेको छु । चलचित्र छायाङ्कन स्टुडियो निर्माण प्रक्रिया अघि बढेको छ । चलचित्रकर्मीहरुको अभिलेख राख्ने कार्य शुरु गरेको छु । बक्स अफिस प्रणालीको स्तरोन्नति गरिएको छ ।’

अध्यक्ष केसीले चलचित्र ऐनको मस्यौदा मन्त्रालय पठाइसकेको पनि जानकारी दिनुभयो ।