६ भाद्र २०८३, शनिबार
,
Latest
वागमती प्रदेशका मुख्यमन्त्री थापाले भदौ ८ गते विश्वासको मत लिने मधेस सरकारद्वारा नीति तथा योजना आयोगको ‘ओएण्डएम सर्वे’ स्वीकृत दोषीलाई कारबाही गर्न अध्यक्ष घिसिङको माग हेटौँडा कपडा उद्योग सञ्चालनका लागि सरकारले लगानी गर्ने उद्योगमन्त्री यादवको प्रतिवद्धता पारिश्रमिक बढेपछि विद्यालय कर्मचारीको आन्दोलन स्थगित इबोला प्रकोपबिच डीआर कङ्गोमा १६ हजार २५० डोज खोप आइपुग्यो फुटेका पैताला र सडकपेटीको त्रिपालः राजधानीको आँगनमा निमुखा नागरिकको आर्तनाद (फोटो फिचर) गरिमा प्रकरणमा दोषीलाई उम्कन नदिने गृहमन्त्रीको प्रतिबद्धता, प्रहरीमाथि पनि छानबिन प्रधानमन्त्री शाह मुस्ताङतर्फ, मुक्तिनाथको दर्शन गर्ने कोशीमा विद्युत् सेवा सुधार र खपत बढाउन मन्त्री श्रेष्ठको जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

जर्जियामाथि सहज जितसहित स्पेन युरो कपको क्वाटरफाइनलमा, जर्मनीसँग भिड्ने



अ+ अ-

काठमाडौँ । स्पेन युरो २०२४ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा जर्जियालाई ४–१ गोलले पराजित गर्दै स्पेन अन्तिम आठमा पुगेको हो ।

स्पेनलाई फराकिलो जित दिलाउन रोड्री (३९ औं मिनेट), फाबियन रुइज(५१), निको विलियम्स(७५) र डानी ओल्मो (८३) ले गोल गरे ।

खेलको १८ औं मिनेटमा स्पेनका रोविन ले नोर्मान्डले आत्मघाती गोल गरेपछि जर्जियाले उक्त गोलबाट सुरुवाती अग्रता लिएको थियो । तर, उसले गोल गर्न सकेन र हारसँगै प्रतियोगिताबाट बाहिरियो ।

यता, विजेता स्पेनले क्वाटरफाइनलमा आयोजक जर्मनीको सामना गर्नेछ । दुई टोलीबीचको महाभिडन्त आउँदो शुक्रबार राति ९ः४५ बजे सुरु हुनेछ ।