५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

जर्जियामाथि सहज जितसहित स्पेन युरो कपको क्वाटरफाइनलमा, जर्मनीसँग भिड्ने



अ+ अ-

काठमाडौँ । स्पेन युरो २०२४ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा जर्जियालाई ४–१ गोलले पराजित गर्दै स्पेन अन्तिम आठमा पुगेको हो ।

स्पेनलाई फराकिलो जित दिलाउन रोड्री (३९ औं मिनेट), फाबियन रुइज(५१), निको विलियम्स(७५) र डानी ओल्मो (८३) ले गोल गरे ।

खेलको १८ औं मिनेटमा स्पेनका रोविन ले नोर्मान्डले आत्मघाती गोल गरेपछि जर्जियाले उक्त गोलबाट सुरुवाती अग्रता लिएको थियो । तर, उसले गोल गर्न सकेन र हारसँगै प्रतियोगिताबाट बाहिरियो ।

यता, विजेता स्पेनले क्वाटरफाइनलमा आयोजक जर्मनीको सामना गर्नेछ । दुई टोलीबीचको महाभिडन्त आउँदो शुक्रबार राति ९ः४५ बजे सुरु हुनेछ ।