१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar म्यादी प्रहरीको कपडा खरिद विवाद अध्ययन गर्न मनिष झाको नेतृत्वमा समिति गठन News Polar जलवायु न्यायलाई नारामा सीमित नराखी व्यवहारमा उतार्नुपर्छ : परराष्ट्रमन्त्री खनाल News Polar ओमानमा हुने लिग २ शृङ्खलाका लागि नेपालको टोली घोषणा News Polar प्रतिपक्षीका मागप्रति सरकार उदासीन भएको सांसद राईको आरोप News Polar राष्ट्रसङ्घको ८१औँ महासभाः चुनौती र नेपालको प्रस्तुति News Polar डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा त्रैलोक्यनाथ पाण्डे नियुक्त News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका २२३ जनाले पाए रकम News Polar आन्तरिक रोजगारी प्रवर्द्धनमा सरकार–निजी क्षेत्र सहकार्यबारे छलफल News Polar भेरी अस्पताल विकास समितिको अध्यक्षमा लक्ष्मण सिग्देल नियुक्त News Polar सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापा नियुक्त News Polar चार इन्जिन मर्मतका लागि ८ अर्ब चाहिने भन्दै नेपाल एयरलाइन्सले माग्यो नीतिगत सहजीकरण News Polar राष्ट्रिय ध्वजावाहकलाई ‘लज्जास्पद’ अवस्थामा पुग्न नदिन संरचनागत सुधार आवश्यक : सांसद कार्की News Polar २६ वर्षमा रेमिट्यान्सको पर्याय बन्यो आइएमई : अध्यक्ष ढकाल News Polar उच्च ब्याजदर र जहाज अभावले संकटमा नेपाल एयरलाइन्स News Polar प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयमा २५ जना, को–को छन् सल्लाहकार र कर्मचारी? News Polar कांग्रेस महाधिवेशनको तयारी तीव्र, खुलामञ्चमा मञ्च निर्माण हुँदै- तस्विरसहित News Polar लगानी र व्यवसायमैत्री वातावरण बनाउन २८ कानुन संशोधन गर्न महासंघको सुझाव News Polar गाजामा इजरायली हवाई आक्रमणः चार प्यालेस्टाइनीको मृत्यु, १० घाइते News Polar अफगानिस्तानको इस्लाम काला सीमा नाकामा भीषण आगलागीः १८ वटा इन्धन ट्याङ्कर जलेर नष्ट News Polar निर्माणाधीन ट्रान्समिसन लाइनको अवरोध फुकाउँदै ऊर्जा मन्त्रालय, १२ प्रसारण लाइनको काम यसै वर्ष सकिने

पल, आर्यन, परीक्षा र विकास हङकङमा, ‘पुजार सार्की’को गर्‍यो रेकर्ड ब्रेक

पल, आर्यन, परीक्षा र विकास हङकङमा, ‘पुजार सार्की’को गर्‍यो रेकर्ड ब्रेक
अ अ+ अ-

काठमाडौं। सयौँ वर्षदेखि नेपालीहरूको बसोबास रहँदै आएको हङकङमा चलचित्र ‘पुजार सार्की’ले रेकर्ड ब्रेक गरेको बताइएको छ। आइतबारको प्रदर्शनको लागि अभिनेताहरू आर्यन सिग्देल, पल शाह, अभिनेत्री परीक्षा लिम्बुसहित त्यहाँ पुगेका लेखक विकास सुवेदीले व्यापारमा नयाँ रेकर्ड राखेको बताए।

उनले भने, “हङकङमा ‘पुजार सार्की’ले व्यापारमा नयाँ रेकर्ड कायम गरेको छ। यसअघि यहाँ प्रायस् सामुदायिक हलहरूमा प्रोजेक्टरको प्रयोग गरी चलचित्र प्रदर्शन हुँदै आइरहेका रहेछन्, हाम्रो चलचित्र भने अत्याधुनिक आइम्याक्स सिनेमा हलमा नै चल्यो। त्यो एउटा रेकर्ड भयो, अर्को रेकर्ड चाहिँ व्यापारिक हो।”

सुवेदीले व्यापारिक हिसाबमा पनि ‘पुजार सार्की’ले रेकर्ड कायम गरेको जनाए। “यसअघि हङकङमा ‘जारी’ चलचित्रले दर्शक उरालेको रहेछ, यस पटक ‘पुजार सार्की’मा व्यापक दर्शक आए। ‘जारी’को रेकर्ड पनि यो चलचित्रले तोडेको छ। राम्रो नेपाली चलचित्र रहेको खण्डमा संसारको जुनसुकै कुनामा भएता पनि दर्शकले स्वीकार गर्ने रहेछन् भन्ने अनुभूति भयो,” सुवेदीले भने, “यहाँ दुई वटा हलमा चलचित्र प्रदर्शन भएकोमा दुई वटै हाउसफुल भएपछि झन्डै दुई सय दर्शकले टिकट नपाएर फर्किन बाध्य भए। हामीले चाहेर पनि देखाउन सक्ने स्थिति रहेन।” उनले फेरी अर्को शो को आयोजना गरेर बाँकी दर्शकलाई देखाउने बताए। उनले नेपाली समुदाय बस नै रिजर्भ गरेर चलचित्र हेर्न आएको बताए।

व्हाम्पोआ सिनेमा हलको दुई स्क्रिनमा ७ सय भन्दा धेरै दर्शकले चलचित्र हेरेका थिए। चलचित्रका कलाकारहरूसँग बसेर चलचित्र हेर्न पाउँदा दर्शक दङ्ग देखिए। हङकङको लागि बिरेन थापा ुबिरेुले यो चलचित्र प्रदर्शन अधिकार लिएका छन्।

नेपालमा छैटौँ हप्तामा चलिरहेको ‘पुजार सार्की’ गत जेठ १० गते प्रदर्शनमा आएको थियो। यो चलचित्रले ब्लकबस्टर व्यापार गरेको चलचित्र निकट स्रोतले जनाएको छ। यद्यपि बक्स अफिस कलेक्सन रिपोर्ट भने सार्वजनिक भएको छैन। दिनेश राउतले निर्देशक गरेको यस चलचित्रमा आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अञ्जना बराइली, परीक्षा लिम्बु लगायतको प्रमुख भूमिका रहेको छ।