८ श्रावण २०८३, शुक्रबार
,
Latest
पीएलए र नेपाली सेनाबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छः प्रधानसेनापति -फोटो फिचर इजरायली प्रधानमन्त्री नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने सत्तासिन भारतीय अधिकारी र सिजेपी नेताबीच भएको वार्ता निष्कर्षबिहिन क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै अनलाइन ठगीमा संलग्न तीन भारतीयसहित चार जना पक्राउ काभा पुरुष भलिबल च्याम्पियनसिपः नेपाल लगातार पराजित बिर्तामोड खानेपानीका ११ हजार धाराबाट २४सै घण्टा शुद्ध पानी निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ खुकुरी प्रहारबाट महिलाको मृत्यु बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रको इज्जत बढ्नेगरी काम गर्न वायुसेवा निगमलाई मन्त्री तामाङको निर्देशन



अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले राष्ट्रको शान र इज्जत बढ्नेगरी काम गर्न नेपाल वायुसेवा निगमलाई निर्देशन दिनुभएको छ ।

सोमवार नेपाल वायुसेवा निगमको ६६ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाल वायुसेवा निगमले राष्ट्रको शान र इज्जत बढाउनका निमित्त आजसम्म काम गरिरहेको उल्लेख गर्दै आगामी दिनमा पनि सोही कार्यलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।

उहाँले पछिल्लो चरणमा नेपाल वायुसेवा निगममा देखापरेका समस्यालाई मन्त्रालयको तर्फबाट सुझबुझका साथ अध्ययन, अवलोकन गर्ने काम भइरहेको पनि बताउनु भयो । बाहिर आएका सबै कुराहरु सत्य नहुने भन्दै मन्त्री तामाङले सरकारको संस्थामाथि प्रश्न उठिसकेपछि अभिभावकत्व ग्रहण गरेर त्यसको छानबिनमा मन्त्रालय गम्भीर भएर लागेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपाल वायुसेवा निगमले ६६ वर्ष पार गरेर ६७ औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा म सबै नेपाली जनसमुदायमा हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु । नेपाल वायुसेवा निगमले राष्ट्रको शान र इज्जत बढाउनका निमित्त जे जति कामहरु गरेका छन्, त्यसको निरन्तरताको निमित्त यो व्यवस्थापकीय पक्षलाई पनि विशेष ध्यानाकर्षण गराउन चाहन्छु र निर्देशन दिन चाहन्छु । पछिल्लो चरणमा नेपाल वायुसेवा निगममा देखापरेका समस्याहरु छन्, त्यस सम्बन्धमा मन्त्रालयको तर्फबाट सुझबुझका साथ अध्ययन अवलोकन गर्ने काम भइरहेको छ ।’

‘बाहिर जे जति आउँछन्, बाहिर आएका कुरा सबै सत्य हुन् भन्नेकुरा हुँदैन । तर पनि एउटा संस्था भइसकेपछि र त्यसको उपर प्रश्न चिन्ह खडा भइसकेपछि त्यसको बारेमा फेरि मन्त्रालय भनेको एउटा नियमन निकाय पनि हो । उसको अभिभावकत्व ग्रहण गर्ने सर्वोच्च संस्था पनि हो । त्यो भएको हिसावले जति पनि प्रश्न उठ्ने गरेका छन्, त्यसको बारेमा मन्त्रालय गम्भीर रुपबाट लागिरहेको छ । मन्त्रालय आफ्नो मातहतको कुनैपनि निकायमा समस्याहरु छन्, भन्ने हिसावले प्रश्न उठिसकेपछि गम्भीर हुन्छ, सचेत ढंगले हल गर्ने पहल र प्रयत्न गरिन्छ । कुनैपनि हिसावले यसको अभिभावकत्व ग्रहण गर्ने निकाय भएकाले यसको सबै समस्या कुन तरिकाबाट निराकरण गर्न सकिन्छ, छलफल, अरु उपाय अपनाउन अध्ययन गरिन्छ ।’

मन्त्री तामाङले आफ्नो मातहतको कुनैपनि निकायमा समस्याहरु भए मन्त्रालय नियमन र छानबिनको दायरामा ल्याउन सचेत रुपबाट लागेको बताउनु भयो ।