• १० असार २०८१, सोमबार
  •      Mon Jun 24 2024
  •   Unicode
Logo
Latest
★   निर्मला पन्तको हत्याबारे गृहमन्त्री: नतिजाउन्मुख छौँ ★   प्रधानमन्त्रीसँग चिनियाँ उपविदेशमन्त्रीको शिष्टाचार भेट ★   काठमाडौँ महानगरपालिकाको बजेट २५ अर्ब ७० करोड ★   अपाङ्गताले छेकेन पार्वतीको उद्यमी बन्ने रहर ★   अयोध्यामा राम मन्दिर बनाउन नेपालबाट लगिएको शालिग्राम नेपालले फिर्ता पाउनुपर्छ: वामदेव गौतम ★   भारत र अष्ट्रेलियाको खेलअघि सेन्ट लुसियामा भीषण वर्षा ★   नेपालको अलैंचीलाई विश्व बजारमा निर्यात गर्न कुटनीतिक पहल गर्नुपर्छ: सभामुख घिमिरे ★   नेपाली अलैंची विश्व बजारमा निर्यात गर्न सरकारले पहल गरिरहेको छ: कृषिमन्त्री साह ★   ‘मुन्ज्या’ले १०० करोड कमायो ★   देशलाई राम्रो प्रधानमन्त्री चाहिएको छ तर प्रधानमन्त्री राम्रो जादुगर बन्न लाग्नुभयो: रमेश लेखक

नेप्से ३७ महिना यताकै न्यून विन्दुमा, परिसूचक १,१४८ अंकमा



काठमाडाैं, १३ मंसिर । केपी अाेली सरकार निर्माण भएसँगै ओरालो लागेको शेयर बजार सुधार हुने कुनै संकेत भेटिएकाे छैन । यस साताकाे अन्तमा नेप्से परिसूचक ३७ महिना यताकै न्यून विन्दुमा अाइपुगेकाे छ अर्थात सेयर परिसूचक १,१४८ विन्दुमा झरेको छ ।

वि.स. २०७२ कार्तिक १२ गते नेप्से सूचक १,१४९ विन्दुमा रहेको थियो । बिहीबार बजार खुलेदेखि नै ओरालो लागेको नेप्से दाेहाेराे अंक १०.३७ ले झरेर १,१४८.७० विन्दुमा पुगेकाे छ ।

अाज कूल १६१ कम्पनीको कारोबार भएकामा ३२ करोड २९ लाख बराबरको शेयर किनबेच भयो । कारोबार रकम अघिल्लो दिनको तुलनामा ८ करोड कम हो ।

कारोबारमा आएका वित्त र उत्पादन बाहेक सबै समूहका सूचक ओरालो लागेका छन् । निर्जीवन बीमा समूहमा सबैभन्दा धेरै १०५ अंकले गिरावट अायाे ।

नेपाल बैंकको सबैभन्दा धेरै कारोबार भयो । नेपाल बैंकको ५ करोड १९ लाख बराबरको शेयर किनबेच भयो । नेपाल बैंकको शेयर म्याचिङ्ग कारोबारले कारोबार रकम बढेको हो । एनएमबि बैंकको २ करोड ६७ लाख बराबरको शेयर किनबेच भयो ।

सबैभन्दा धेरै छ्याङ्दी हाइड्रोको शेयरमूल्य ३.८८ प्रतिशतले बढेको छ भने सबैभन्दा धेरै आईएमइ जनरल इन्स्योरेन्सको शेयर मूल्य ५.८५ प्रतिशतले घटेको छ ।

अधिकाँश बैंकहरूले नेपाल राष्ट्र बैंकले ताेकेकाे चुक्तापूँजी पुर्याएका कारण बैंकहरूले नाफाबाट बाेनस दिन थालेका छन् , तर त्यस्ताे बाेनस नगद मात्र हुन थालेकाे छ । केही दिनअघि माछापुच्छ्रे बैंकले लगानीकर्तालाइ नगद लाभांश दिने घाेषणा गरेकाे थियाे । बैंककाे ब्याजदरकाे तुलनामा सेयरकाे लाभांश कम हुने खतरा बढेकाले पनि लगानीकर्ताहरू अाकर्षित हुन सकेका छैनन् ।

अर्काेतर्फ, अनलाइन काराेबारले सेयर काराेबार बढ्ने र सेयर मूल्य पनि बढ्ने अनुमान गरिएकाे थियाे । नेप्सेकाे सफ्टवेयरमा समस्या अाएका कारण लगानीकर्तामा अन्याैल छाएकाे छ ।

सेयर बजारकाे पछिल्लाे प्रवृत्ति हेर्दा सेयर बजारमा कहिले सुधार अाउँछ त्यसै भन्न सकिन्न ।