२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से ३७ महिना यताकै न्यून विन्दुमा, परिसूचक १,१४८ अंकमा



अ+ अ-

काठमाडाैं, १३ मंसिर । केपी अाेली सरकार निर्माण भएसँगै ओरालो लागेको शेयर बजार सुधार हुने कुनै संकेत भेटिएकाे छैन । यस साताकाे अन्तमा नेप्से परिसूचक ३७ महिना यताकै न्यून विन्दुमा अाइपुगेकाे छ अर्थात सेयर परिसूचक १,१४८ विन्दुमा झरेको छ ।

वि.स. २०७२ कार्तिक १२ गते नेप्से सूचक १,१४९ विन्दुमा रहेको थियो । बिहीबार बजार खुलेदेखि नै ओरालो लागेको नेप्से दाेहाेराे अंक १०.३७ ले झरेर १,१४८.७० विन्दुमा पुगेकाे छ ।

अाज कूल १६१ कम्पनीको कारोबार भएकामा ३२ करोड २९ लाख बराबरको शेयर किनबेच भयो । कारोबार रकम अघिल्लो दिनको तुलनामा ८ करोड कम हो ।

कारोबारमा आएका वित्त र उत्पादन बाहेक सबै समूहका सूचक ओरालो लागेका छन् । निर्जीवन बीमा समूहमा सबैभन्दा धेरै १०५ अंकले गिरावट अायाे ।

नेपाल बैंकको सबैभन्दा धेरै कारोबार भयो । नेपाल बैंकको ५ करोड १९ लाख बराबरको शेयर किनबेच भयो । नेपाल बैंकको शेयर म्याचिङ्ग कारोबारले कारोबार रकम बढेको हो । एनएमबि बैंकको २ करोड ६७ लाख बराबरको शेयर किनबेच भयो ।

सबैभन्दा धेरै छ्याङ्दी हाइड्रोको शेयरमूल्य ३.८८ प्रतिशतले बढेको छ भने सबैभन्दा धेरै आईएमइ जनरल इन्स्योरेन्सको शेयर मूल्य ५.८५ प्रतिशतले घटेको छ ।

अधिकाँश बैंकहरूले नेपाल राष्ट्र बैंकले ताेकेकाे चुक्तापूँजी पुर्याएका कारण बैंकहरूले नाफाबाट बाेनस दिन थालेका छन् , तर त्यस्ताे बाेनस नगद मात्र हुन थालेकाे छ । केही दिनअघि माछापुच्छ्रे बैंकले लगानीकर्तालाइ नगद लाभांश दिने घाेषणा गरेकाे थियाे । बैंककाे ब्याजदरकाे तुलनामा सेयरकाे लाभांश कम हुने खतरा बढेकाले पनि लगानीकर्ताहरू अाकर्षित हुन सकेका छैनन् ।

अर्काेतर्फ, अनलाइन काराेबारले सेयर काराेबार बढ्ने र सेयर मूल्य पनि बढ्ने अनुमान गरिएकाे थियाे । नेप्सेकाे सफ्टवेयरमा समस्या अाएका कारण लगानीकर्तामा अन्याैल छाएकाे छ ।

सेयर बजारकाे पछिल्लाे प्रवृत्ति हेर्दा सेयर बजारमा कहिले सुधार अाउँछ त्यसै भन्न सकिन्न ।