१० भाद्र २०८३, बुधबार
,
Latest
बाढी प्रभावित क्षेत्रका बासिन्दाका लागि नेपाल टेलिकमद्वारा निःशुल्क सेवा रसुवा बाढीपछि भन्सारका १४ कर्मचारी सम्पर्कविहीन, खोजी तथा उद्धार जारी भोटेकोशी बाढी : रसुवामा १२ जनाको उद्धार भोटेकोशी बाढी: त्रिशुली बजार र देवीघाट क्षेत्र प्रभावित- फोटो फिचर स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र सक्रिय, अस्पतालमा बेड तथा एम्बुलेन्स तयारी अवस्थामा विपद्को घडीमा सरकारलाई सघाउने विपक्षी दलको प्रतिबद्धता राष्ट्रपति पौडेलद्वारा भोटेकोशी बाढीप्रति दुःख व्यक्त, उद्धार र राहत तीव्र पार्न आग्रह राहत–उद्धारका हेलिकप्टरमा इन्धन भर्न त्रिशूलीमा हवाई इन्धनसहितको ट्यांकर परिचालन विपद्पछि उद्धारमा सरकारको तीव्रता, तीन हेलिकप्टरसहित सुरक्षा निकाय फिल्डमा रसुवा बाढीपछि प्रतिनिधिसभाको बैठक संक्षिप्त बनाउने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराष्ट्रपति भण्डारीद्वारा बाढी प्रभावित क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह



अ+ अ-

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले रसुवातर्फ तिब्बतबाट भोटेकोसी नदीमा ठूलो बाढी प्रवेश गरेको खबरले आफू मर्माहत भएको बताउँदै तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेकी छन्।

पूर्वराष्ट्रपति भण्डारीले सामाजिक सञ्जालमार्फत अर्को सूचना नआएसम्म त्रिशूली नदीको तटीय क्षेत्र, विशेषगरी मुग्लिनसम्म, उच्च सतर्कता अपनाउँदै सुरक्षित स्थानमा रहन सबैमा अनुरोध गरेकी हुन्।

उनले सम्भावित जोखिमबाट जोगिन नदी तथा खोलाको किनार, तल्लो तटीय क्षेत्र र जोखिमयुक्त स्थानमा नजान तथा आवश्यक सावधानी अपनाउन आग्रह गरेकी छन्।

बाढीबाट प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि नेपाल सरकार, सुरक्षा निकाय, स्थानीय तह, सम्बन्धित निकाय तथा आम नागरिकलाई सुरक्षित रहँदै आवश्यक सहयोग र समन्वय गर्न पनि पूर्वराष्ट्रपति भण्डारीले आह्वान गरेकी छन्।

‘सबैको सुरक्षा र जीवनरक्षालाई पहिलो प्राथमिकतामा राखौँ । सतर्क रहौँ, सुरक्षित रहौँ,’ भण्डारीले भनेकी छन्।