४ असार २०८३, बिहीबार
,
Latest
नेपाली चिया निर्यातको अवरोध हटाउन पहल गर्न परराष्ट्रमन्त्रीलाई महासंघको आग्रह मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण प्रधानमन्त्रीको जवाफ अर्थमन्त्रीमार्फत: एमालेको प्रश्न—औपचारिक जिम्मेवारी हस्तान्तरण भयो? सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारीः तेस्रो दिन सुवास शिर्ष स्थानमा विचारको बहसलाई बन्ध्याकरण गर्ने होईन, प्रोत्साहन गर्नुपर्छ: उपाध्यक्ष पौडेल प्रतिनिधिसभाबाट ‘विनियोजन विधेयक, २०८३’ पारित देशभरका संस्थाको विवरण अद्यावधिक गर्न निर्देशन अर्थतन्त्रको औपचारिकीकरण र संरचनात्मक सुधारमा सरकारको जोडः अर्थमन्त्री डा. वाग्ले विपद् व्यवस्थापनसम्बन्धी सन्देशसहित कार्टुन प्रदर्शनी प्रतिनिधिसभाः राष्ट्रिय गौरवका आयोजना समयमा सम्पन्न गर्न उच्च प्राथमिकता दिइएको छः अर्थमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

बच्चन परिवार मुश्किलमा ! अमिताभ, अभिषेक विरूद्ध उजूरी, ऐश्वर्यामाथि कानुनी सूचना



अ+ अ-

मुम्बइः अमिताभ बच्चन परिवारका दिन सायद राम्राेसँग अाजभाेलि चलिरहेकाे छैन । म्यागीकाे प्रचारलाइ लिएर उल्झन बढेकै बेला बिग बी अमिताभ बच्चन र उनका छाेरा विरूद्ध ग़ाज़ियाबाद अदालतमा न्यायिक मजिस्ट्रेटमा राष्ट्रीय गौरवकाे अपमान सम्बन्धी एउटा मुद्दा दर्ता भएकाे छ ।

गाज़ियाबादकाे गैसस ‘मित्र’ सँग जाेडिएका चेतन धीमानले ग़ाज़ियाबाद अदालतमा यस्ताे उजूरी दर्ता गराएका हुन् । खासमा १५ फ़ेब्रुअरी २०१५  मा भएकाे क्रिकेट विश्वकप प्रतियाेगितामा पाकिस्तान विरूद्ध भारतकाे जितपछि अमिताभ र अभिषेकमाथि भारतीय झण्डा छातीमा बाँधेर रमाइलाे गरेकाे अाराेप छ ।

अाराेप लगाउने चेतन धीमानका वकील संजीव शर्माले  एनडीटीभीसँग यस विषयमा जुलाइ १३ मा सुनुवाइ हुने जानकारी दिए । साथै, बच्चन परिवारकी बुहारी ऐश्वर्या राय बच्चनलाइ पनि कानुनी सूचना पठाइएकाे छ ।

ऐश्वर्याले पाकिस्तानकाे जेलमा मारिएका भारतीय नागरिक सरबजीतकी बहिनीकाे भूमिका निर्वाह गर्न लागेकी छिन् । सरबजीतकी खास बहिनी बताउने लुधियानाकी बलजिंदर कौरले ऐश्वर्या र निर्देशक उमंग विरूद्ध कानुनी सूचना दर्ता गराएकी हुन् ।

बलजिंदर कौरकाे भनाइमा दलबीर कौर सरबजीतकी साख्खै बहिनी हाेइनन् । यस विषयमा एउटा मुद्दा अदालतमा पहिल्यैदेखि विचाराधीन छ । त्यसकारण अदालतले कुनै स्पष्ट अादेश दिँदैन तबसम्म यस विषयमा कुनै फिल्म बन्नु ठीक हाेइन । (एनडीटिभीकाे सहयाेगमा)