४ असार २०८३, बिहीबार
,
Latest
रासायनिक मलमा कालोबजारी नियन्त्रण गर्न पहल स्वास्थ्य बिमाको पुनःसंरचनाका लागि तयारी सुरु गण्डकी प्रदेशसभाः बजेटमाथि छलफल सुरु फोटोपत्रकार वन्त ‘कर्पोरेट फोटोग्राफी एक्सीलेन्स अवार्ड’बाट सम्मानित संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा पूर्वप्रधानमन्त्री डा भट्टराईसँग छलफल सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैनः अर्थमन्त्री डा वाग्ले नेपाली चिया निर्यातको अवरोध हटाउन पहल गर्न परराष्ट्रमन्त्रीलाई महासंघको आग्रह मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण प्रधानमन्त्रीको जवाफ अर्थमन्त्रीमार्फत: एमालेको प्रश्न-औपचारिक जिम्मेवारी हस्तान्तरण भयो? सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारीः तेस्रो दिन सुवास शिर्ष स्थानमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओन्ली फर यु’ गीति क्यासेट आजदेखि बजारमा



अ+ अ-

काठमाडौँ, २१ मङ्सिर: गीतकार दुर्गा प्रधानको ‘ओन्ली फर यु’ गीति क्यासेट आजदेखि बजारमा आएको छ ।

माया प्रेमका विषयलाई आधार बनाएर सिर्जना गर्नुभएकी गीतकार प्रधानका उक्त क्यासेटमा ‘खुशी लाग्छ’, ‘रात पनि दिन’, ‘तिम्रो हजुर गल्ती’, ‘मेरो साथ हुँदा’ र ‘पराइलाई दिलमा’ शीर्षकका पाँच वटा गीत समावेश गरिएको छ । अञ्जु पन्त, शिव परियार, दीपा लामा, मेलिना राई र विनोद पछाईले स्वर दिनुभएको छ ।

यहाँ आज आयोजित कार्यक्रममा पूर्व अर्थमन्त्री शङ्कर कोइरालाले क्यासेटको विमोचन गर्दै स्रष्टाले सामाजिक एकता र आर्थिक समृद्धिका पक्षमा कलम चलाउनु पर्नेमा जोड दिनुभयो । उहाँले गीतकार प्रधानले प्रकाशन गर्नुभएको गीति क्यासेटले नेपाली गीत सङ्गीतको श्रीवृद्धिका लागि योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

स्वास्थ्य बीमा बोर्डका निर्देशक कुमार प्रधानले विभिन्न जाति संस्कृतिका समुदाय मिलेर बनेको नेपाली कला, साहित्यले देश र जनतालाई अन्तर्राष्ट्रिय तहमा परिचित गर्ने बताउनुभयो । गीतकार प्रधानले आफूले जीवनमा भोगेका अनुभवलाई रचनामार्फत प्रस्तुत गरेको बताउँदै माया र प्रेमको भावनाले समाजमा शान्ति, विकास र समृद्धि कायम गर्दछ भन्नुभयो ।