१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

शृङ्खला मिस वर्ल्डको टप १२ बाटै आउट



अ+ अ-

काठमाडौँ । मिस नेपाल शृङ्खला खतिवडा मिस वर्ल्डको यात्रा शीर्ष १२ मा नै टुंगिएको छ ।

चीनको सान्यामा जारी मिस वर्ल्डको फाइनलमा टप १२ मा पुग्न सफल भए पनि उनले इन्टरकन्टिनेन्टल उपाधि जित्न नसकेपछि उनको यात्रा यतिमै सीमित बनेको हो ।

उनले Multimedia Award र Beauty with a Purpose Award पहिल्यै हात पारेकी थिइन ।

मिस नेपाल शृङ्खलासँगै एसिया ओसियानिया क्षेत्रबाट मिस न्युजिल्याण्ड र मिस थाइल्याण्ड पनि शीर्ष १२ मा पुगेका थिए ।

तीन सुन्दरीमध्ये मिस थाइल्याण्डले मिस वर्ल्ड एसिया–ओसियानाको उपाधि जित्दै शीर्ष पाँचमा आफ्नो स्थान बनाइन् ।