२१ मंसिर २०८२, आईतवार
,
Latest
मधेस प्रदेशका मुख्यमन्त्री यादवद्वारा पदभार ग्रहणः सुशासन पहिलो प्राथमिकता एमाले महाधिवेशनको खुल्लासत्रमा सहभागी हुन अध्यक्ष ओलीको पत्र पूर्वराष्ट्रपति भण्डारीले खण्डहर बनेको सिंहदरबारको अवलोकन गर्नुहुँदै नेपालमा लैङ्गिक हिंसाको बहुआयामिक चुनौतीः कानूनी ढाँचा मजबुत भएपनि कार्यान्वयन कमजोर मधेसका मुख्यमन्त्रीद्वारा मन्त्रीमण्डल विस्तार गोवाको नाइटक्लबमा भीषण आगलागी, २५ जनाको मृत्यु लगानीका लागि स्थायित्व जरुरी छः सिइओ ज्ञवाली राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस मुख्यमन्त्री यादवले मङ्सिर २४ गते विश्वासको मत लिने अलास्का–युकोन सिमानामा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपतिलाई डेढ अर्बको हेलिकोप्टर, जनता भने भोकभोकै



अ+ अ-

काठमाडौं । सरकारले १ अर्ब ५० करोड रुपैयाँभन्दा बढी रकम खर्च गरेर राष्ट्रपति विद्यादेवी भण्डारीका लागि हेलिकप्टर खरिद गरेको छ। मन्त्रीपरिषद् बैठकबाट स्वीकृत गराएर नेपाली सेनाले राष्ट्रपतिका लागि मात्रै प्रयोग हुने गरी करिब डेढ अर्ब रुपैयाँमा इटालीमा निर्मित १४ सिट क्षमताको हेलिकप्टर खरिद गरेको हो भन्ने खबर कारोबार दैनिकमा छ।

सेरेमोनियल राष्ट्रपति क्रमशः सुविधाभोगी बन्दै गएको आरोप लागिरहेको बेला सरकारले उनलाई थप विवादमा तान्नेगरी २४ सै घण्टा स्ट्याण्डबाइ रहनेगरी महंगो हेलिकप्टर खरिद गरेको हो। यो हेलिकप्टर केही समय त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमै रहनेछ।

शितलनिवाससँगै जोडिएको प्रहरी प्रतिष्ठान हटाएर त्यहाँ हेलिप्याड निर्माण भएपछि हेलिकप्टर त्यहाँ लैजाने तयारी छ। राष्ट्रपतिका लागि सरकारले मन्त्रिपरिषद बैठकबाट निर्णय गराएर १४ करोड रुपैयाँका महँगा गाडीहरु किन्ने निर्णय गरेको थियो। केही साताअघि नै हेलिकोप्टर नेपाल आइसकेपनि खरिद शर्तर सम्झौताअनुसार कागजात बुझ्ने क्रममा भएका कारण हेलिकोप्टर हस्तान्तरण प्रक्रिया भने पूरा भइनसकेको सेनाले जनाएको छ।