१० भाद्र २०८३, बुधबार
,
Latest
बाढीपहिरोका कारण डिजिटल नेपाल कन्क्लेभ २०२६ स्थगित रसुवाको बाढीलाई ‘जलवायु न्याय’ र ‘हिमाली सुरक्षा’को राष्ट्रिय एजेण्डा बनाउन राप्रपा सचेतक ओलीको माग बाढीपहिरो पीडितको उद्धारमा राज्यको सम्पूर्ण सामर्थ्य लगाउन रवि लामिछानेको आग्रह विपद्मा सरकार र दल एकढिक्का भएर उद्धारमा जुट्नुपर्छः रास्वपा सभापति लामिछाने विपद् प्रतिकार्यमा दलीय स्वार्थभन्दा माथि उठेर जुट्न सभापति लामिछानेको आह्वान सरकार आफैँ प्रभावित क्षेत्रमा पुगोस्, विपद्का बेला ‘भीआईपी’ सुरक्षामा नअल्झिनूस्ः रवि लामिछाने मन्त्रिपरिषद् बैठक : जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने रसुवाको बाढीमा घाइते ११ जना काठमाडौंका विभिन्न अस्पतालमा उपचाररत रसुवाका बाढीपहिरो प्रभावित क्षेत्रमा बागमती सरकारले आकस्मिक स्वास्थ्य टोली परिचालन गर्‍यो भोटेकोशी बाढीबाट रसुवा र नुवाकोटका १४ जलविद्युत् आयोजना प्रभावित
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रमिकको समस्या समाधान गर्नु सरकारको पहिलो प्राथमिकता–मन्त्री थापा



अ+ अ-

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले जुनसुकै क्षेत्रमा काम गर्ने श्रमिकको समस्या समाधान गर्नु सरकारको पहिलो प्राथमिता रहेको बताउनुभएको छ ।

स्वतन्त्रता अभियान नेपालले आज आयोजना गरेको अनौपचारिक क्षेत्रमा काम गर्ने महिला श्रमिकविरुद्ध हुने हिंसा विषयक राष्ट्रिय विचार गोष्ठीमा मन्त्री थापाले यस क्षेत्रमा हुने समस्या समाधान गर्न सरकाले धेरै ऐन कानून निर्माण गरिसकेको बताउनुभयो ।

निर्माण भएका ऐन कानूनलाई प्रभावकारी कार्यान्वयन गर्न सक्दा पनि धेरै समस्या समाधान हुने भन्दै त्यसका लागि सरकार र सबै श्रमिक एक भएर लाग्नुपर्नेमा मन्त्रीले जोड दिनुभयो ।

मनोरञ्जन, सत्कार र घरेलु श्रमिकको समस्या समाधानका लागि यी क्षेत्रका पीडितसँग सहकार्य गरी स्थानीय तहले संयन्त्र गठन गरी अघि बढ्पर्ने सुझाव मन्त्री थापाले दिनुभयो ।

काङ्ग्रेस संसदीय दलका सचेतक पुष्पा भुसालले सबैसँग मनोरञ्जन र सत्कार क्षेत्रमा काम गर्न बौद्धिक क्षमता नहुने भन्दै, सकारात्मक रूपमा प्रस्तुत गरिने सबैको क्षमतालाई राष्ट्र र समाजले सम्मान गर्नुपर्ने धाराण राख्नुभयो ।

आयोजक संस्थाका कार्यक्रम प्रमुख रीतु भट्टराईले काठमाडौँ उपत्यकामा मात्रै एक लाख महिलाले मनोरञ्जन र सत्कारको क्षेत्रमा काम गर्ने गरेको जानकारी गराउनुभयो । नेपालका कूल श्रमिकमध्ये ७८ प्रतिशत अनौपचारिक क्षेत्रमा काम गर्ने गरेको पनि भट्टराईले जानकारी गराउनुभयो ।

दोहोरी साँझमा काम गर्ने रीता लिम्बूले परिचयपत्र नभएकाले सरकारले श्रमिकका लागि तोकेको पैसा नपाएको गुनासो गर्नुभयो । लिम्बूले आफ्नो कामलाई मर्यादित पेशाको रूपमा लिन सबैसँग आग्रह गर्दै सरकाले तोकेअनुरुप पारिश्रमक श्रमिकले पाएका छन् कि छैनन् भनी नियमित अनुगमन गर्नुपर्नेमा जोड दिनुभयो । रासस




भर्खरै