५ असार २०८३, शुक्रबार
,
Latest
फिफा विश्वकप फुटबल: क्यानडाद्वारा कतारमाथि ६ ० को फराकिलो जित ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो रासायनिक मलमा कालोबजारी नियन्त्रण गर्न पहल स्वास्थ्य बिमाको पुनःसंरचनाका लागि तयारी सुरु गण्डकी प्रदेशसभाः बजेटमाथि छलफल सुरु फोटोपत्रकार वन्त ‘कर्पोरेट फोटोग्राफी एक्सीलेन्स अवार्ड’बाट सम्मानित संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा पूर्वप्रधानमन्त्री डा भट्टराईसँग छलफल सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैनः अर्थमन्त्री डा वाग्ले नेपाली चिया निर्यातको अवरोध हटाउन पहल गर्न परराष्ट्रमन्त्रीलाई महासंघको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेघालयकी सुन्दरीलाई ‘मिस कोच’को उपाधि



अ+ अ-

भद्रपुर –  झापाको मेचीनगरमा भएको ‘मिस कोच इन्टरनेसनल २०१८’ को उपाधि भारत मेघालयकी हेरोलिन कोच सदापले जितेकी छन् ।

झापा मिडिया हाउसको आयोजनामा शनिबार साँझ भएको प्रतियोगितामा सदापले उपाधिसँगै रु एक लाख नगद, होटल मेनेजमेन्ट पढ्ने छात्रवृत्ति र एक थान स्मार्ट फोन पाएकी छन् ।

प्रतियोगितामा फस्ट रनरअप उपाधि भारत पश्चिम बङ्गालकी प्रतिमा सिंह र सेकेन्ड रनरअप उपाधि मेचीनगरकी सोनाली राजवंशीले जितेकी थिइन् । दोस्रो र तेस्रो हुनेलाई क्रमशः रु ५० हजार र रु २५ हजार नगद प्रदान गरिएको थियो । प्रतियोागितामा झापा, मोरङ तथा भारतको बङ्गाल, मेघालय र आसमका गरी १७ कोच समुदायका युवती सहभागी थिए ।